वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१-८२ मा ६ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आर्थिक वर्षमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै १ खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोडको रहेको छ । वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आर्थिक वर्षमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । 'गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ,' उनले भने, 'अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुन सक्छ ।'
गत आर्थिक वर्षमा मेसिनरी तथा तिनका पार्टपुर्जा ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।
गत आर्थिक वर्षमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । १ खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो नाका हुँदै ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आर्थिक वर्षको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल रहेको छ । गत आर्थिक वर्षमा ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो । जबकि अघिल्लो आर्थिक वर्षमा ९ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो ।
त्यसैगरी, गत आर्थिक वर्षमा ९ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।
गत आर्थिक वर्षमा सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।
गत आर्थिक वर्षमा ५ अर्ब ३७ करोड मूल्य पर्ने ४ करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५९ करोड मूल्य पर्ने ५ करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: