रुकुमपश्चिम। रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोर अन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदीमा खसेको टिप्पर फेला परेको छ ।
टिप्परसँगै खसेका तीन जना मान्छे भने अझैसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार हिजो ९मङ्गलबार० साँझ ठूलीभेरी नदीमा खसेको यति बिल्डर्स प्रालिको टिप्पर घटनास्थलभन्दा करिब चार सय मिटर तल नदीमै फेला परेको छ ।
उहाँका अनुसार टिप्परमा रहेका तीन जनाको अवस्था भने अझैसम्म पत्ता लागेको छैन । उनीहरु नदीमै बेपत्ता भएको अनुमान छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक ९डिएसपी० प्रमेश बिष्टसहितको टोली परिचालन भएको छ ।
अहिले नदीमा देखिएको टिप्पर निकाल्नका साथै बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । टिप्पर जाजरकोटपट्टिको भागमा फेला परेको हो ।
आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठूलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति बिल्डर्सका जेसिबी चालक रुकुमपश्चिमको सानीभेरी गाउँपालिका(३ का धनवीर बिक र हेल्पर रुकुमपूर्वको सिस्ने गाउँपालिका(८ का हरि बिक रहेको प्रहरीले जनाएको छ । प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...




प्रतिकृया लेख्नुहोस्: