रुकुमपश्चिम। रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोर अन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदीमा खसेको टिप्पर फेला परेको छ ।
टिप्परसँगै खसेका तीन जना मान्छे भने अझैसम्म फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार हिजो ९मङ्गलबार० साँझ ठूलीभेरी नदीमा खसेको यति बिल्डर्स प्रालिको टिप्पर घटनास्थलभन्दा करिब चार सय मिटर तल नदीमै फेला परेको छ ।
उहाँका अनुसार टिप्परमा रहेका तीन जनाको अवस्था भने अझैसम्म पत्ता लागेको छैन । उनीहरु नदीमै बेपत्ता भएको अनुमान छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक ९डिएसपी० प्रमेश बिष्टसहितको टोली परिचालन भएको छ ।
अहिले नदीमा देखिएको टिप्पर निकाल्नका साथै बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । टिप्पर जाजरकोटपट्टिको भागमा फेला परेको हो ।
आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठूलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता हुनेहरुमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, यति बिल्डर्सका जेसिबी चालक रुकुमपश्चिमको सानीभेरी गाउँपालिका(३ का धनवीर बिक र हेल्पर रुकुमपूर्वको सिस्ने गाउँपालिका(८ का हरि बिक रहेको प्रहरीले जनाएको छ । प्रहरी, यति बिल्डर्सको कर्मचारी टोली, स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १७:२०
काठमाडौँ । मनोहरास्थित सुकुम्बासी बस्तीमा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान अन्तर्गत पूर्वमन्त्री गोपाल किरातीको घर प्रहरीले भत्काएको छ। सर...
बैशाख १४ गते, २०८३ - १७:०२
रूपन्देही। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ । वडाबासी वर्ष ४० का थि...
बैशाख १४ गते, २०८३ - १६:४६
ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएको छन्। पार्टी केन्द्रीय कार्यालय सान...
बैशाख १४ गते, २०८३ - १६:३५
काठमाडौं। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले आजदेखि संविधान तथा कानुनविद्हरूसँग औपचारिक छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन...
बैशाख १४ गते, २०८३ - १६:०९
काभ्रेपलाञ्चोक । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुन: सञ्चालनमा आएको छ। रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेका डाइभर्सन मर्मतपछ...
बैशाख १४ गते, २०८३ - १५:५८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचि...
बैशाख १४ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...
बैशाख १४ गते, २०८३ - १५:१६
काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...
बैशाख १४ गते, २०८३ - १५:०४
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...
बैशाख १४ गते, २०८३ - १४:३९
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...


प्रतिकृया लेख्नुहोस्: