Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

पोखराको जग्गा हडप्ने प्रपञ्चमा नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ ‘बिचौलिया’ को भूमिकामा

खबरडबली संवाददाता

काठमाडौं । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि ‘बिचौलिया’ भूमिकामा संलग्न रहेको पाइएको छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको हो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

घूस प्रकरणमा मुछिएपछि गुप्ताले ३१ असारमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अख्तियारमा भने तीन साताअघि नै उजुरी परेको थियो । यस प्रकरणमा अहिले विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । 

‘केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका थियौं । त्यहाँ सक्कली भएको पुष्टि भयो,’ अख्तियारका एक अधिकारीले भने, ‘अडियो दोहोरो परीक्षण गर्न आज (मंगलबार) गुप्ता र लामाको आवाज रेकर्ड गराएका हौं ।’ 

पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइने ती अधिकारीले बताए ।

राणाकालमा बिर्ताबापत भएर दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहका नाममा रहेको १ सय ३४ रोपनी जग्गा २०१६ सालमा बिर्ता उन्मूलन भएपछि व्यक्तिका नाममा दर्ता गरिएको थिएन । पञ्चायतकालयता उक्त जग्गा व्यक्तिका नाममा दर्ता नभई त्यत्तिकै रहेको थियो ।

साबिकका भोगाधिकारी दुर्गादेवी र लोकदिव्येश्वरीको निधन भइसकेको छ । केही वर्षयता त्यही जग्गा दुर्गादेवीका चार नाति सुरज ठकुरी, सुनील ठकुरी, भीमसेन ठकुरी र ओमबहादुर ठकुरीका नाममा दर्ता गर्ने र ३३ प्रतिशत साबिकका भोगाधिकारीका हकवालालाई दिएर बाँकी जग्गा बिचौलियाले खाने–मास्ने योजना गिरोहले बनाएको खुलिसकेको छ । यस प्रपञ्चमा पूर्वमन्त्री गुप्ता, श्रेष्ठका साथै हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया लामा पनि मुछिएका छन् ।

यस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारी र पूर्वसचिव पोखरेललाई घूस बुझाएको दाबीसहितको अडियो पनि सार्वजनिक भइसकेको छ ।

‘उपलब्ध तथ्य र प्रमाण तथा प्रयोगशालाबाट पुष्टि भएको अडियोले जग्गा हिनामिना गर्ने प्रपञ्च र घूस लेनदेनमा पूर्वमन्त्री श्रेष्ठ र सुजन लामा बिचौलियाको भूमिकामा देखिन्छन्, यो प्रकरणमा जोडिन आएका अरू व्यक्ति राज्य संयन्त्र दुरुपयोग गरी गिरोहको योजनाअनुसार निर्णय गराउन दत्तचित्त भएको देखिन्छ,’ अख्तियारका एक अधिकारीले भने, ‘तर योजनाअनुसार काम अघि नबढ्दै सेटिङ भत्किएपछि अहिलेसम्म भए/गरेका सबै चलखेल सतहमा आइपुगेका हुन् । यसले राज्यका उपल्लो तहमा बसेकाहरू कुन रूपमा दुरुपयोग हुन्छन् भन्ने पनि उजागर गरेको छ ।’

घूस प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री अधिकारी पदमै छन् । अधिकारी र पूर्वमन्त्री गुप्ता एमाले सांसद हुन् । श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्दै १७ चैत २०७९ देखि २१ फागुन २०८० सम्म भूमि व्यवस्थामन्त्री थिइन् । श्रेष्ठपछि अधिकारी २३ फागुन २०८० यता भूमि व्यवस्थामन्त्री छन् ।

अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठले आफू मन्त्री रहेकै बेला जग्गा हडप्ने योजना बुने पनि सफल नभएको र पछिल्लो पटक भूमि व्यवस्थामन्त्री बनेका अधिकारी र संघीय मामिलामन्त्री गुप्तासम्म बिचौलिया लामाको पहुँच विस्तार गराई आफू पनि यस खेलमा संलग्न रहेको भेटिएको छ ।

जग्गा हत्याउने खेलकै क्रममा कास्की मालपोत र भूमि समस्या समाधान आयोग कास्कीमा आफू अनुकूलका व्यक्ति लैजान श्रेष्ठ र लामाले पटक–पटक प्रयास गरेको पाइएको पनि उनले बताए । 

सार्वजनिक भएको अडियोमा एक महिला र बिचौलिया लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग भूमि व्यवस्थामन्त्री अधिकारीको समेत नाम उच्चारण गर्दै घूस ‘डिल’ गरेको सुनिन्छ । घूस ‘डिल’ मा संलग्न महिला पूर्वमन्त्री श्रेष्ठ नै रहेको दाबी गरिएको छ । त्यही कारण उनलाई पनि बोलाउने तयारी रहेको अख्तियारले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending