Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

सवा आठ अर्ब विद्युत् बक्यौता नउठाउने ‘नियत’, उर्जामन्त्री खड्कालाई हितेन्द्रदेवको पनि साथ

खबरडबली संवाददाता

काठमाडौं । बिजुलीको सवा आठ अर्ब बक्यौता नउठाउने सरकारको ‘नियत’ नै देखिएको छ । पैसा नतिर्ने उद्योगीहरूलाई साथ दिँदै ऊर्जामन्त्री दीपक खड्काले प्रशासकीय पुनरावलोकन समितिलाई पूर्णता नदिएर बक्यौता जाँचबुझमा उल्टै अवरोध गरिरहेका छन् । 

देश चर्को लोडसेडिङमा रहेका वेला ४६ उद्योगी डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा हाई भोल्टेज विद्युत् प्रयोग गरेको आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी छ । उनीहरूले तिर्न आलटाल गर्दै आएका छन् । बक्यौता उठाउन खोज्दा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगीहरूकै स्वार्थअनुसार सरकारले हटाएको थियो । 

प्राधिकरणले बक्यौता तिर्न नचाहेका उद्योगीलाई लक्षित गरी गत २७ वैशाखमा सूचना जारी गर्दै जेठ मसान्तसम्म प्रशासकीय पुनरावेदन समितिमा ५ प्रतिशत धरौटी राखेर निवेदन दिन निर्देशन दिएको थियो । त्यसपछि ४६ उद्योगीले समितिमा निवेदन दर्ता गरेका छन् । मन्त्री खड्काले नियतसहित समितिलाई नै पूर्णता दिएका छैनन् । जसले गर्दा बक्यौता जाँचबुझ नै हुन सकेको छैन ।

उद्योगीको निवेदन जाँचबुझ गर्न सुरुमा मन्त्री खड्काले ऊर्जा सचिव सुरेश आचार्यलाई समिति संयोजक तोकेका थिए । तर, बिजुली महसुलको अर्बौँ छुट दिने नियतले गठित समितिको नेतृत्व गर्दा छानबिनमा पर्ने जोखिम भएपछि उनले समितिमा रहन इन्कार गरेका थिए । 

त्यसपछि मन्त्री खड्काले नै प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्यामकिशोर यादवलाई स्वार्थ मिल्ने गरी समिति संयोजक तोकेका छन् । तर, समितिले पूर्णता नपाउँदा जाँचबुझको काम नै सुरु नभएको यादवले बताए ।

हितेन्द्रदेव शाक्यको पनि साथ

ऊर्जामन्त्री खड्को स्वार्थमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएयता हितेन्द्रदेव शाक्यले सवा आठ अर्ब बक्यौता असुलीमा ध्यान दिएका छैनन् । बरु, नगद अभाव भएको तर्क गर्दै उनले १० अर्ब ऋण लिन सरकारबाट स्वीकृति लिएका छन् । त्यस्तै, ऋणपत्र जारी गरेर १० अर्ब उठाउन पनि स्वीकृति लिएका छन् । कानुनबमोजिम आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता असुलीका लागि उनले उद्योगीलाई ताकेतासमेत गर्न सकेका छैनन् ।

शाक्य आउनुअघिबाटै प्राधिकरण र उद्योगीबिच विवाद छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यो बक्यौता उठाउन खोज्दा सरकारले असहयोग गरेको थियो । अन्तिममा बक्यौता नउठाउने स्वार्थपूर्ति गर्न कुलमानलाई राजनीतिक प्रतिशोधमा ११ चैतमा बर्खास्त गरेर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याइयो । तर, शाक्य पनि मन्त्रीको स्वार्थमा लागेर बक्यौतालाई बेवास्ता गरिरहेका छन् । समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीले बनाएको ‘मुनाल’ आज उपग्रह प्रक्षेपण गरिँदै

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको  छ । उच्च माध्यमिक तहक...

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

विशेष महाधिवेशनले नेतृत्व चयन गरे के हुन्छ ?

काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...

कांग्रेस विशेष महाधिवेशन- १० बजेदेखि बन्दसत्र सुरु हुँदै

२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...

माघीको रौनक: थारू बस्तीमा ढिक्री बनाउने चटारो

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...

अल्पायुमै अस्ताए प्रशान्त...

काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending