काठमाडौं । बिजुलीको सवा आठ अर्ब बक्यौता नउठाउने सरकारको ‘नियत’ नै देखिएको छ । पैसा नतिर्ने उद्योगीहरूलाई साथ दिँदै ऊर्जामन्त्री दीपक खड्काले प्रशासकीय पुनरावलोकन समितिलाई पूर्णता नदिएर बक्यौता जाँचबुझमा उल्टै अवरोध गरिरहेका छन् ।
देश चर्को लोडसेडिङमा रहेका वेला ४६ उद्योगी डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा हाई भोल्टेज विद्युत् प्रयोग गरेको आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी छ । उनीहरूले तिर्न आलटाल गर्दै आएका छन् । बक्यौता उठाउन खोज्दा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगीहरूकै स्वार्थअनुसार सरकारले हटाएको थियो ।
प्राधिकरणले बक्यौता तिर्न नचाहेका उद्योगीलाई लक्षित गरी गत २७ वैशाखमा सूचना जारी गर्दै जेठ मसान्तसम्म प्रशासकीय पुनरावेदन समितिमा ५ प्रतिशत धरौटी राखेर निवेदन दिन निर्देशन दिएको थियो । त्यसपछि ४६ उद्योगीले समितिमा निवेदन दर्ता गरेका छन् । मन्त्री खड्काले नियतसहित समितिलाई नै पूर्णता दिएका छैनन् । जसले गर्दा बक्यौता जाँचबुझ नै हुन सकेको छैन ।
उद्योगीको निवेदन जाँचबुझ गर्न सुरुमा मन्त्री खड्काले ऊर्जा सचिव सुरेश आचार्यलाई समिति संयोजक तोकेका थिए । तर, बिजुली महसुलको अर्बौँ छुट दिने नियतले गठित समितिको नेतृत्व गर्दा छानबिनमा पर्ने जोखिम भएपछि उनले समितिमा रहन इन्कार गरेका थिए ।
त्यसपछि मन्त्री खड्काले नै प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्यामकिशोर यादवलाई स्वार्थ मिल्ने गरी समिति संयोजक तोकेका छन् । तर, समितिले पूर्णता नपाउँदा जाँचबुझको काम नै सुरु नभएको यादवले बताए ।
हितेन्द्रदेव शाक्यको पनि साथ
ऊर्जामन्त्री खड्को स्वार्थमा प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएयता हितेन्द्रदेव शाक्यले सवा आठ अर्ब बक्यौता असुलीमा ध्यान दिएका छैनन् । बरु, नगद अभाव भएको तर्क गर्दै उनले १० अर्ब ऋण लिन सरकारबाट स्वीकृति लिएका छन् । त्यस्तै, ऋणपत्र जारी गरेर १० अर्ब उठाउन पनि स्वीकृति लिएका छन् । कानुनबमोजिम आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता असुलीका लागि उनले उद्योगीलाई ताकेतासमेत गर्न सकेका छैनन् ।
शाक्य आउनुअघिबाटै प्राधिकरण र उद्योगीबिच विवाद छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यो बक्यौता उठाउन खोज्दा सरकारले असहयोग गरेको थियो । अन्तिममा बक्यौता नउठाउने स्वार्थपूर्ति गर्न कुलमानलाई राजनीतिक प्रतिशोधमा ११ चैतमा बर्खास्त गरेर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याइयो । तर, शाक्य पनि मन्त्रीको स्वार्थमा लागेर बक्यौतालाई बेवास्ता गरिरहेका छन् । समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: