काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको नवौँ बैठकलाई सम्बोधन गर्दै पार्टीविरुद्ध ‘लगानीसहितको असाधारण हमला’ भइरहेको दाबी गरेका छन्। उनले अबको समय व्यापक एकता र बहुमत हासिल गरेर मात्रै ‘मिशन ८४’ सफल पार्न सकिने बताए।
“हामीले मिसन ८४ भनेका छौँ,” ओलीले भने, “बहुमत नभई काम गर्न सकिन्न, एकमना एकता नभई नीति लागू गर्न सकिन्न।” उनले बैठकलाई छोटो समयमा प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टी भित्र र बाहिरका चुनौतीबारे स्पष्ट धारणा व्यक्त गरे।
ओलीले अघिल्लो आठौँ बैठकपछि भएका गतिविधिहरूबारे मौखिक रूपमा जानकारी दिँदै पार्टी इतिहासदेखि नै हमला बेहोर्दै आएको उल्लेख गरे। “हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ, विरोधीहरूले न त समर्थन गर्छन्, न त सच्चा व्यवहार देखाउँछन्,” उनले भने।
ओलीले माओवादी नेतृत्वप्रति विशेष गरी प्रचण्डलाई लक्षित गर्दै तीव्र आलोचना गरे। “हतियारबन्द आन्दोलनको जस–अपजस नेतालाई जान्छ,” उनले भने, “सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्छ।” उनले माओवादीको वर्तमान राजनीतिक व्यवहारलाई भिन्न र दिशाहीन भएको टिप्पणी गरे।
ओलीले सर्वोच्च अदालतको निर्णयमाथि असन्तुष्टि जनाउँदै विधायिकामाथि हमला भएको आरोप पनि लगाए। उनले पार्टीको भूतपूर्व एकीकरणको विषयमा अदालतको हस्तक्षेपप्रति असहमति जनाए। साथै, हालै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे स्पष्ट पार्दै अनावश्यक व्याख्या गरिएको बताए।
“पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट भयो भनेर ठूलो कुरा होइन,” ओलीले भने, “केहीले प्रवक्ता बनेको देखिन्छ, किन त्यसो भयो?”
ओलीले १८ महिना सुदृढ सरकार सञ्चालनको योजना सुनाउँदै, पार्टी नेतृत्वको निर्णयलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। “लोकतान्त्रिक अभ्यास मैले लिड गरेको हो,” उनले भने, “पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आठौँ महाधिवेशनसम्म ल्याइएको हो।”
अन्त्यमा उनले सबै नेताहरुलाई बैठकमा गम्भीर रूपमा सहभागी हुन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितका लागि काम गर्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: