कैलाली । धनगढी उपमहानगरपालिका–४ स्थित नाष्ट कलेज नजिक आइतबार राति भीषण आगलागी भएको छ।
स्थानीय विश्व प्रकाश कडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स र सेन्टर पोइन्ट रेस्टुरेन्टका आठ सटरमा आगलागीबाट क्षति पुगेको छ ।
राति करिब १०ः५० बजे अचानक विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आगलागीको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी बल नं. ३४ गण कैलाली, धनगढी उपमहानगरपालिकाका दुईवटा तथा गोदावरी नगरपालिकाको एउटा दमकलसहित स्थानीयवासीले संयुक्त प्रयासमा राति १२ः१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
आगलागीमा हेलेन ट्रेड सप्लायर्स अन्तर्गत रहेका चार सटरभित्रको लुगा, कपडा र अन्य सरसामान जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने परिवर्तन इन्फेक्स अन्तर्गत तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको विस्तृत विवरण र आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १९:१३
सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...
माघ २३ गते, २०८२ - १९:११
काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...
माघ २३ गते, २०८२ - १९:०६
काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...
माघ २३ गते, २०८२ - १८:५६
काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...
माघ २३ गते, २०८२ - १८:५५
काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...
माघ २३ गते, २०८२ - १८:४५
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...
माघ २३ गते, २०८२ - १८:४२
काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...
माघ २३ गते, २०८२ - १८:३६
सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...
माघ २३ गते, २०८२ - १८:२९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने भन्दै ढुक्क हुन सबैमा आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री ...
माघ २३ गते, २०८२ - १८:१६
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...



प्रतिकृया लेख्नुहोस्: