सिरहा । लहान नगरपालिका–१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्दै जाँदा हाते कलधारा सुक्न थालेपछि दर्जनौँ परिवार पिउने पानीको अभावमा परेका हुन् ।
खानेपानीको समस्या समाधान गर्न युवाको सक्रियतामा डिभिजन वन कार्यालय लहानसँग समन्वय गरी ट्याङ्करमार्फत पानी वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार लिटर पानी बस्तीमा पुर्याइएको स्थानीय युवा ओमप्रकाश यादवले जानकारी दिए ।
उनले भने, ‘स्थानीय मुसहर बस्तीका बासिन्दाको पानीको अभावमा दैनिकी कष्टकर बन्दै गएको थियो । सरकारी योजना पर्खेर बस्नुभन्दा पहिले हामी आफैँबाट पहल गर्न जरुरी लागेर ट्याङ्करको व्यवस्था गरेका हौँ ।’ उनका अनुसार आज पनि बस्तीमा ट्याङ्करबाट खानेपानी वितरण गरिने छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विभागसँग पानी वितरणका लागि छुट्टै बजेट नहुँदा युवाको सक्रियता र बस्तीको आवश्यकता देखेर तत्काल राहतस्वरूप पानी पुर्याइएको हो ।
उनले भने, ‘हामीसँग यस्ता राहतका लागि छुट्टै बजेट छैन, तर यहाँका युवाको पहल र स्थानीय आवश्यकताका आधारमा विपन्न दलित बस्तीमा पानी पुर्याइएको हो । आवश्यक परे अन्य क्षेत्रमा पनि वितरण गर्नेछौँ ।’
स्थानीय राजनीतिक कर्मी बालेश्वर यादवले बस्तीका प्रायः हातेपम्प सुकिसकेकाले समस्या बढ्दै गएको बताए । ‘ट्याङ्करले तत्काल राहत दिएको छ, तर दीर्घकालीन समाधानबिना यो समस्या बारम्बार दोहोरिनेछ’, उनले भने ।
स्थानीय युवा चन्द्रु यादवले भने, ‘यो समस्या केवल आजको होइन । भूमिगत पानीको अत्यधिक दोहन, चुरे फडानी र जलवायु परिवर्तनको असर हो । हामीले गरेको पहलले तत्काललाई राहत दिए पनि दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार सबैको समन्वय आवश्यक छ ।’
तीनै तहका सरकारले खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...
मंसिर २९ गते, २०८२ - ०८:०९
काठमाडौं । प्रवद्र्धक कम्पनीले लामो समयसम्म मुआब्जा नदिएको भन्दै खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीय जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् ...
मंसिर २९ गते, २०८२ - ०७:५८
बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...
मंसिर २९ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...




प्रतिकृया लेख्नुहोस्: