काठमाडौं । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो।
उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन् भनेर गल्फ न्युजले लेखेको छ।
उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो। कतिपय समय उनका शरीरमा हुने स(साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए। उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे।
त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ। उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठीक हुने डाक्टरहरूलाई बताउने गर्थे।
शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजकुमार वालिद 'स्लिपिङ प्रिन्स' नामले चिनिन्थे। दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई 'स्लिपिङ प्रिन्स' उपनाम दिइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: