काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
झापाको धुलाबारीमा शनिबार राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उनले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए।
उनले भने, पार्टीलाई देशकै ठूलो बनाउनु छ। त्यसका लागि सबैले प्रयास गरौँ। यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन्।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए।
राप्रपाभित्र असन्तुष्टि चर्किरहेको बेलामा उनले भने, 'राप्रपामा अब कसैले पनि विभाजनको कल्पना गर्न सक्दैन। राप्रपा नयाँ पार्टीको रूपमा धेरै अगाडि बढिसकेको छ। देशका लाखौँ युवाहरूको आशा र भरोसाको पार्टी बनिसकेको छ। त्यसैले अब कुनै सम्भावना छैन।'
उनले पार्टीभित्र अराजकता मच्चाउन खोज्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै कसैले पनि उन्मुक्ति नपाउने सुनाए। उनले आफूले कुनै गलत काम गरेर पार्टीको नेता कार्यकर्ताको शिर झुकाउने काम नगरेको जिकिर गरे।
राप्रपा यति बेला दुई गुटको विवाद बढेको छ। राप्रपाका चार पदाधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेका परेपछि अध्यक्ष लिङ्देन रुष्ट छन्।
उपाध्यक्ष मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति जारी गरेर उनको आलोचना गरेका थिए। लिङदेनले उपाध्यक्ष गिरीलाई बर्खास्त गरिसकेका छन्।
लिङदेनले यसअघि नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए। यस्तै, प्रवक्ताबाट सगुनसुन्दर लावती बर्खास्त गरिएका छन्। केही समय अगाडि महामन्त्री डा। धवलशम्शेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: