काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
झापाको धुलाबारीमा शनिबार राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उनले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए।
उनले भने, पार्टीलाई देशकै ठूलो बनाउनु छ। त्यसका लागि सबैले प्रयास गरौँ। यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन्।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए।
राप्रपाभित्र असन्तुष्टि चर्किरहेको बेलामा उनले भने, 'राप्रपामा अब कसैले पनि विभाजनको कल्पना गर्न सक्दैन। राप्रपा नयाँ पार्टीको रूपमा धेरै अगाडि बढिसकेको छ। देशका लाखौँ युवाहरूको आशा र भरोसाको पार्टी बनिसकेको छ। त्यसैले अब कुनै सम्भावना छैन।'
उनले पार्टीभित्र अराजकता मच्चाउन खोज्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै कसैले पनि उन्मुक्ति नपाउने सुनाए। उनले आफूले कुनै गलत काम गरेर पार्टीको नेता कार्यकर्ताको शिर झुकाउने काम नगरेको जिकिर गरे।
राप्रपा यति बेला दुई गुटको विवाद बढेको छ। राप्रपाका चार पदाधिकारीले विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वको आलोचना गरेका परेपछि अध्यक्ष लिङ्देन रुष्ट छन्।
उपाध्यक्ष मुकुन्दश्याम गिरी, उपाध्यक्ष विक्रम पाण्डे तथा महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति जारी गरेर उनको आलोचना गरेका थिए। लिङदेनले उपाध्यक्ष गिरीलाई बर्खास्त गरिसकेका छन्।
लिङदेनले यसअघि नवराज सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएका थिए। यस्तै, प्रवक्ताबाट सगुनसुन्दर लावती बर्खास्त गरिएका छन्। केही समय अगाडि महामन्त्री डा। धवलशम्शेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी पनि खोसेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: