Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

निःशुल्क भिषा र टिकटको निर्णय लागु गरेपनि कामदार ठगिने क्रम रोकिएन

\"menpowerक्वालालम्पुर । सरकारले निःशुल्क भिषा र टिकटको निर्णय लागु गरेपनि बैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम रोकिएको छैन । निःशुल्क भिषा र टिकटको निर्णय लागु भएपनि म्यानपावर कम्पनीले त्यसलाई कार्यान्वयन नगर्दा कामदार ठगिने क्रम नरोकिएको हो । निर्णय कडाइका साथ लागु गर्ने र म्यानपावर कम्पनीको अनुगमन गर्ने बताएको सरकारले अनुगमन नगर्दा बैदेशिक राजगारीमा जानेहरुले त्यसको अनुभुति गर्न पाएका छैनन् । धादिङको पार्ला घर भएका बिजय चेपाङ १५ दिन अघि मात्रै मलेसिया पुगेका छन् । नेपालमा निःशुल्क भिषा र टिकटको निर्णय लागु भएको लगभग ३ महिना पुग्न लाग्यो तर उनी १ लाख ५० हजार रुपैयाँ तिरेर त्यहाँ पुगेको बताउँछन् ।

चेपाङले भने,– ‘पुरै पैसा नबुझाए बिदेश नपठाउने भनेपछि धेरै पैसा नतिर्दा यता आउनै नपाउने अवस्था भयो । कमाएर ऋण तिरौला भनेर आएँ ।’ उनी काठमाडौको शान्तिनगर हिमसागर मार्गमा रहेको फ्रन्टलाइन रिकुटमेन्ट प्राइभेट लिमिटेड नामक म्यानपावर कम्पनीबाट मलेसिया पुगेका हुन् ।

अहिले उनी मलेसियाको एस के आई फममा काम गरिरहेका छन् । चेपाङले म्यानपावरलाई १ लाख पचास हजार रुपैयाँ बुझाएको बताए । उनी भन्छन्, ‘म जस्ता पूरै पैसा बुझाएर आउने नेपालीहरु अहिले पनि यहाँ थुप्रै छन् । सरकारले लागु गरे पनि निःशुल्क भिषा र टिकेट निर्णय बिदेश जानहरुकोलागि लागु भएको छैन ।’

मलेसियाका १८४ कम्पनी निःशुल्क कामदार लैजान तयार

नेपालीहरुको लागि बैदेशिक रोजगारीको प्रमुख गन्तब्य बनेको मलेसियाका १ सय ८४ कम्पनीहरु निःशुल्क कामदार लैजान सहमत भएका छन् । निःशुल्क भिषा र टिकट योजना अन्तर्गत यहाँस्थित नेपाली दुतावासको आह्वान अनुसार १ सय ८४ वटा कम्पनीले नेपाली कामदारको माग पत्र प्रमाणीकरणका लागि कागजात पेश गरेका छन् ।

नेपाली राजदुतावासमा ति कम्पनीहरुले ५ हजार ३५३ कामदारको माग पत्र प्रमाणीकरणका लागि कागजात पेश गरेको जनाएको छ । मागपत्रसँगै कागजात पेश गरेका कम्पनिमाथि छानबिन भैरहेको दुतावासले बिज्ञप्तीमा जनाएको छ ।

नेपाली कामदार पठाउन योग्य भेटिएका कम्पनिहरुको मागपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको समेत नेपाली दुतावासले प्रष्ट्याएको छ । नेपाल सरकारले निःशुल्क भिषा र टिकट योजना लागु गरे यता अहिलेसम्म १८४ कम्पनि मात्र प्रक्रियामा आएका हुन् । अन्य कम्पनिहरुले भने अहिलेसम्म सरकारको योजनाप्रति चासो देखाएका छैनन् ।

नेपाल सरकारले गत आसार २१ गतेबाट मलेसियासहित ६ खाडी मुलुकमा निःशुल्क भिषा र टिकटको व्यवस्था लागु गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending