गोरखा । गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो । गोरखा नगरपालिका–११ को एक विद्यालयमा पढाउने शिक्षिकाले प्रहरीलाई ११ वर्षीया बालिकालाई निजका बुबाले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिइन् ।
प्रहरीले तत्कालै बालिकाको घर पुगेर निजका बुबालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थाल्यो । हाल निजका बुबाविरुद्ध बाल यौन दुर्व्यवहार शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । ‘आमा शारीरिक रूपमा अशक्त भएपछि बुबाले रक्सी सेवन गरी छोरीमाथि यौन शोषण गर्ने गरेका अनुसन्धानका क्रममा पाएका छौँ’, उनले भने ।
उक्त घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता भएको थियो । गोरखा–५ की १७ वर्षीया किशोरी शारीरिक रूपमा अशक्त भएकै कारण बुबाबाट यौन शोषणमा परेकी छिन् । पारिवारिक झगडाका कारण आमाले छोडेपछि रेखदेख गर्ने नाममा बुबाबाट यौन शोषण भोग्नु परेको उनी बताउँछिन् ।
‘रक्सी खाएर बुबाले वर्षौँदेखि उनीमाथि डर त्रास, धाक धम्की देखाएर यौन शोषण गर्दै आएका रहेछन्’, प्रहरी उपरीक्षक विकले भने, ‘सहनै नसक्ने भएपछि छरछिमेकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि आरोपीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेका छौँ ।’
गोरखा–८ की १५ वर्षीया किशोरीको कहानी पनि परक छैन । उनले बुबाबाट यौन शोषणमा पर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि निजका बुबालाई पक्राउ गरेर जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विकले जानकारी दिए । आमा विदेशमा रहेकाले बुबाले रक्सी खाएर छोरीमाथि यौन दुर्व्यवहार गर्ने गरेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटना गाउँ बस्तीमा छन् । ‘घटनाको प्रकृति र परिवेश अध्ययन गर्दा विशेष गरी आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका समुदायमा यस्तो घटना बढी घटिरहेका छन्’, प्रहरी उपरीक्षक विकले भने, ‘शिक्षा, चेतनाको अभाव, मादक पदार्थ सेवन, पारिवारिक झगडालगायत कारणले यस्ता घटना बढी हुने गरेका पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - ०८:१४
गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहक...
पौष २८ गते, २०८२ - ०७:५६
दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक...
पौष २८ गते, २०८२ - ०७:५०
झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ
पौष २८ गते, २०८२ - ०७:३५
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षध...
पौष २८ गते, २०८२ - ०७:३०
२६ सय ६२ प्रतिनिधिहरूले नाम दर्ता गराए, आज पनि जारी रहने
पौष २८ गते, २०८२ - ०७:२३
चन्द्रपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर...
पौष २८ गते, २०८२ - ०७:१९
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
पौष २८ गते, २०८२ - ०७:१६
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी यतिबेला भान्सामा निकै व्यस्त छिन्। माघी पर्व नजिकिएसँगै उनलाई थारू समुदायको परम्परागत परिकार ढिक्...
पौष २८ गते, २०८२ - ०७:०६
काठमाडौँ । प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रि...
पौष २८ गते, २०८२ - ०७:०३
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन ...




प्रतिकृया लेख्नुहोस्: