भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा आफ्नो जेल जीवनमा लिखित चिठीहरूको सँगालोको अङ्ग्रेजी संस्करण ‘लेटर फ्रम जेल’माथि वरिष्ठ साहित्यकार, लेखक एवं राजनीतिज्ञहरूले तत्कालीन राजनीतिक परिदृश्यको बारेमा समीक्षा गरेका छन् ।
पञ्चायतकालमा २०४५ सालदेखि १८ महिना जेल परेका बिजुक्छेले पत्नी शोभालाई लेख्नुभएको दुई दर्जन चिठीको सङ्गालो ‘जेलका चिठ्ठीहरू’ पुस्तक १० वर्षअघि प्रकाशित भएको थियो । सोही पुस्तकलाई अङ्ग्रेजी संस्करणमा ‘लेटर फ्रम जेल’ प्रकाशित गरिएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले साहित्य समाजको ऐना भएको बताउँदै देश र जनताको हितका लागि प्रगतिशील साहित्य लेखनलाई पछिल्लो पुस्ताले अङ्गाल्नुपर्ने बताए । उनले देश र समाजका लागि काम गर्ने मानिसलाई दुःख दिने प्रयास धेरै ठाउँबाट हुने भएकाले त्यसबाट आत्तिन नहुने बताउँदै २०४५ सालमा भक्तपुर काण्डपछि पञ्चायती व्यवस्थाका शासकले पक्राउ गरेर यातना दिएको स्मरण गरे ।
तत्कालीन व्यवस्थाले दिएका यातनालाई स्मरण गर्दै बिजुक्छेले भने, ‘म लगायत दर्जनौँ कार्यकर्तालाई तत्कालीन शासकले जेलमा हाले । धेरै साथी भाग्नु पर्दा भक्तपुरका घरघरमा केटाकेटी र बुढाबुढी बाहेक कोही बस्न सक्ने अवस्था थिएन । मैले जेल जीवन बिताइरहँदा मेरो घरको हालचाल बुझ्न दुई जना गएका थिए, उनीहरूले पनि प्रशासनबाट सास्ती व्यहोर्नुपर्यो ।”
जेलमा बस्दा आफ्नो घरपरिवार, पार्टी र समाजसँग जोडेर श्रीमतीका नाममा लेखेको चिठ्ठीहरूले देश र समाजको हितमा लाग्ने युवापुस्तालाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । बिजुक्छे २०४६ सालको जनआन्दोलनपछि २०४७ सालमा रिहा भएका थिए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, योगेन्द्रमान बिजुक्छे, बिजुक्छेका जेठा छोरा डा.सुवेगमान बिजुक्छेले ‘जेलका चिठ्ठीहरू’ अध्यक्ष बिजुक्छेले जेलमा रहँदा पनि जनता, पार्टी, कार्यकर्ता र परिवारप्रति देखाएको प्रेम, समर्पण र मार्गनिर्देशनलाई यथार्थपरक ढङ्गले पस्किएको चर्चा गरे ।
वरिष्ठ कवि नरेन्द्र प्रसाइँ, वरिष्ठ कवियत्री इन्दिरा प्रसाइँ, समीक्षक अभय श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्र, ख्वप अस्पतालका निमित्त निर्देशक डा.मनोजप्रताप मल्ल, सहप्राध्यापक शशी कसपाल, सहप्राध्यापक नवराज बुढाथोकीलगायतले बिजुक्छेको पुस्तकमा जेलभित्र गरेको सङ्घर्षसँगै जीवन, समाज, भक्तपुरको कला संस्कृति, राजनीति, दर्शनलगायत सन्दर्भको चर्चा गरिएको बताए ।
अनुवादक अनुराज जोशीले नेपालीमा प्रकाशित भएको उक्त पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए । श्रीमती शोभाको निधन भएको तीन वर्षपछि बिजुक्छेले अङ्ग्रेजी संस्करणमा पुस्तक सार्वजनिक गरेका छन् । पुस्तकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने लक्ष्य रहेको प्रकाशकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: