Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

खबरडबली संवाददाता

काठमाडौँ। नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको हालै बसेको बैठकले आगामी आवका लागि रु एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट स्वीकृत गरेको बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीले जानकारी दिएको हो । 

बोर्डले सुरक्षित, भरपर्दो र आकर्षण पर्यटकीयस्थलको विकास गरी अन्तररराष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याएको उनले बताए। बजेट उपसमिति संयोजक भण्डारीले भने, “चालु आर्थिक वर्षमा बोर्डले नेपालमा पर्यटक आगमन कम्तीमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।”

बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० दीपकराज जोशीले बजेट समयमै पारित गर्दै पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने क्षेत्र र कार्यक्रममा बजेट केन्द्रीत रहेको बताए। उनले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसर सिर्जना र पर्यटन क्षेत्रको दिगो विकासका लागि बजेट उपयोगी हुने बताए ।  

यसैगरी चालु आवमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को प्रवर्द्धन गर्ने, गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने उल्लेख छ । 

बोर्डले चालु आवमा कम्तीमा ५० वटा स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम, पर्यटन व्यवसायका लागि आवश्यक थप पाँच हजार जनशक्ति उत्पादन र पर्यटनको विस्तारीकरणका लागि कम्तीमा २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्ने जनाएको छ । 

बोर्डको सेवा विस्तारका लागि कूल बजेटको ७० प्रतिशत अन्तरराष्ट्रिय बजारीकरणमा खर्च गर्ने र भारतमा कार्यालय खोल्ने पनि जनाइएको छ । भारत नेपालको प्रमुख पर्यटक स्रोतबजार भएकाले जहाँबाट सन् २०२४ मा मात्र चार लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए । भारतीय बजारलाई थप प्रभावकारी बनाउन, दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

यसका साथै प्रादेशिक कार्यालय स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धनका लागि रु ४३ करोड ६१ लाख विजियोजन गरेको छ । यसैगरी जनसम्पर्क तथा प्रचारप्रसारका लागि रु १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि रु दुई करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि रु १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ । 

यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि रु ११ करोड ६६ लाख, विशेष प्रबद्र्धनात्मक कार्यक्रम बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि रु चार करोड ६२ लाख विनियोजन गरिएको छ ।

बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेशिया, थाइल्याण्ड, र युरोपका विभिन्न देशमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘नेपाल: लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलामा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रम प्राथमिकतामा राखेको छ ।

अन्तरराष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ । विशेषगरी प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । जसका लागि सुदूरपश्चिम, कर्णाली, र पूर्वी नेपालका उदियमान गन्तव्यलाई लक्षित गरिएको छ । 

बोर्डको बजेटमा डिजिटल पूर्वाधार सुदृढीकरण, अनुसन्धान तथा तथ्याङ्क प्रणाली सशक्तीकरण, र पर्यटनसम्बन्धी जनशक्ति विकासका कार्यक्रमसमेत समावेश छन् । पर्यटनसम्बन्धी अध्ययन, तालिम, र विज्ञ कार्यक्रमका लागि छुट्टै रकम छुट्याइएको छ । अन्तरराष्ट्रिय मेलामहोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिज्जम, डायस्पोरा कनेक्ट, ब्रान्डिङ, र प्रभावशाली कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ ।

भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्द्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रीन हस्पिटलिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्द्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीपसम्बन्धी तालिमलगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तिकरणलाई बलियो बनाउने उद्देश्य यस वर्षको बजेटले लिइएको छ । मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जङ्गल सफारी जस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यलाई पनि बजेटमार्फत प्रवर्द्धन बोर्डका सिइओ जोशीले बताए। 

पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मानस्लु पदमार्ग प्रवर्द्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एड्भान्स क्यानियोनिङ तालिम र पर्वतीय सङ्ग्रहालय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । भारत, चीन र दक्षिण एसियाली मुलुकमा पनि प्रचार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बजेटमार्फत् दीगो पर्यटमा लागि पर्यटन सूचना व्यवस्थापन प्रणाली ९टिम्स० को प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि, अनुसन्धान, अन्तरराष्ट्रिय सहकार्य विस्तार जस्ता दीगो पर्यटनका पक्षलाई ध्यानमा राखेर आगामी दशकलाई दीगो पर्यटन विकासको आधारशिला निर्माण गर्ने रणनीतिमा बजेट केन्द्रित गरेको स्पष्ट पारेको छ । सिईओ जोशीले भने, “यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो । हामीले बजारअनुसारको रणनीति बनाएका छौँं, स्थानीय तथा अन्तरराष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा विस्तार गर्नेछौँ ।”

बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले पनि आगामी दिनमा निजी क्षेत्रको सहभागिता, स्थानीय तहको समन्वय, र अन्तरराष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिज्जम नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताएको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending