मुगु। हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाइएको छ ।
छायाँनाथ रारा नगरपालिका– ६ का ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार गाउँमा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै सङ्क्रान्ति मनाएका छन् । उनले भने, ‘‘हाम्रो गाउँहरुले परम्परागत रुपमा राँको बाल्दै गरेको आफ्नो घरको राँको अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाइन्छ ।’’
हरेक वर्ष साउन १ गते का दिन बेलुकी झिसमिसेमा मुगुका बस्तीहरुमा यसपटकको साउने सङ्क्रान्तिका दिनमा राँकोले उज्यालो पारेका छन् । हिमाली जिल्लाको परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको लुतोपाउँडो लैजा, दाङ देउखुरीको समूह आइजा, रोग व्याधि सबै जावस् भन्ने कामना अनुसार राँको बाल्ने चलन मुगुसहित कर्णाली क्षेत्रमा रहेका ज्येष्ठ नागरिक ऐडीको भनाइ छ ।
हरेक वर्ष साउन १ गते नेपालको पर्यटकीय स्थल रारा तालमा स्थानीय देउडा भाकामा साउने सङ्क्रान्तिको मेला मनाइन्छ । मुगुमा परपरागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र पर्यटकीय क्षेत्रमा उदाहरण स्थापित गर्दै आएको छ । आगोको राँकोले वित्तिकै जस्तो उज्यालो हुने, ठुलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन छ । राँको बाली सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । राँको बाल्ने समयमा दमाहा, ताल समेत बजाउने चलन छ ।
समाजसेवी रुपबहादुर मल्लका अनुसार जिल्लाको सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने सङ्क्रान्तिको सन्देश दिने चलन अहिले पनि जीवित छ । करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका हुन्छन् । एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौँ राँको बालेर हेर्दाको दृश्य अच्चमित हुने गरेको छ ।
मल्लले भने, ‘‘परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठुलो सभ्यता बोकेको छ ।’’ साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्रअनुसार साउन १ गते बिदा दिएको छ ।
पछिल्लो समयमा बढ्दो बजारीकरणले भने मानिसहरु छतमा स्थान नहुदा राँको ओटालोमै बाल्न थालेका छन् । मुगुको गाउँ बस्तीमा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आँगन र ओटालोमा राँको बाल्ने चलनको निरन्तरता पछिल्लो पुस्ताले दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: