Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

राप्रपामा रडाको- लिङ्देनमाथि चार पदाधिकारीको संयुक्त काउन्टर, पार्टीमा एकलौटी अस्वीकार्य

खबरडबली संवाददाता

काठमाडौं । राप्रपाका चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको आरोप लगाएका छन्। 

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, दुई महामन्त्री धवल शम्सेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्। 

उच्चस्तरीय बैठकमा भएको समझदारी विपरीत नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरेको उनीहरूको भनाइ छ। 

विज्ञप्तिमा भनिएको छ, सौहार्दपूर्ण सम्पन्न उच्चस्तरीय बैठकमा भएको समझदारी अनुरूप नेता सुवेदीलाई अध्यक्ष लिङदेनले ‘दाइ पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस्‌’ भन्नुभएको हो। यद्यपि शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको छ। 

भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री धवल शम्सेर राणालाई स्पष्टीकरण समेत नसोधी संगठन विभागको प्रमुखबाट, सगुनसुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएकोमा उनीहरूले आपत्ति जनाएका छन्।

विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई क्षति पुगेको उनीहरूको ठहर छ।

विधानको व्यवस्था अनुरूपको विधि, संख्या र सीमा नाघेर एकलौटी रूपमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको उनीहरूले बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending