काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको उल्लेख गरेका छन्।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै १७ हजार ३ सय रुपैयाँबाट १९ हजार ५०० रुपैयाँ पुर्याउने निर्णय गरेको छ।
यही निर्णयका विषयमा सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान र भविष्यलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने,’श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ।’
प्रधानमन्त्री ओलीका अनुसार, श्रमिकहरूको मेहनत र योगदानले नै राष्ट्रको समृद्धि र विकासलाई सम्भव बनाउँछ। उनले श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव भएको टिप्पणी गर्दै उनले लेखेका छन्,’हामी सबैको कडा मेहनतको मूल्यांकन गर्नुपर्छ र यसका लागि सरकारले सधैं काम गर्नेछ।’
यस निर्णयसँगै, सरकारद्वारा लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको भविष्यलाई थप सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम उठाइएको छ। अहिलेसम्म करिब २१ लाख श्रमिक यस कार्यक्रममा आबद्ध भइसकेका छन्।
प्रधानमन्त्री ओलीले श्रमिकको जीवनस्तर सुधार गर्न र उनीहरूको योगदानको उचित मूल्याङ्कन गर्न यो निर्णय महत्त्वपूर्ण हुने बताएका छन्।
‘हाम्रो सरकारले श्रमिकको भविष्यलाई सुरक्षित बनाउने दृष्टिकोणबाट यो निर्णय लिएको हो। श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो,’ ओलीले थप लेखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: