काठमाडौँ । सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए। पशुपतिनाथका चार ढोका बिहान चार बजेदेखि नै भक्तजनका लागि खुला गरिएको थियो ।
पशुपति क्षेत्रमा आजदेखि नै चार वटा ठूला कार्यक्रम पनि सुरु भएकाले पनि बिहानै देखि लाखौँ भक्तजनको भीड देखिएको उनले जानकारी दिए। ती कार्यक्रमका कलश यात्रालगायत कार्यक्रम र पशुपतिनाथको साउनमा हुने नियमित पूजा आजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको हो ।
साउन महिनाको पनि सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड हुने गर्छ । आजदेखि नै पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको पनि सदस्य सचिव जोशीले जानकारी दिए। पशुपति क्षेत्रमा सोमबार र शनिबार भक्तजनको धेरै भीड लाग्ने गर्छ । सोमबार र शनिबारका लागि स्वयंसेवक खटाउने तयारी पनि कोषले गरेको छ ।
पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाभित्रका शिवालयहरु गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको सानो पशुपतिनाथ भनिने मक्खन महादेवलगायत साना ठूला शिवालयमा पनि भक्तजनको भीड लागेको छ । चान्द्रमास अनुसार असार २७ गते शुक्रबारदेखि नै साउन महिना लागिसकेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको छ । यसैगरी पाँच वटा शनिबार परेको छ । यसैगरी पाँच शनिबार परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: