Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

लुम्बिनी सरकारले बाँकेमा १९६ वटा सडक निर्माण गर्ने

खबरडबली संवाददाता

नेपालगन्ज। लुम्बिनी प्रदेश सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालयले बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा एक सय ९६ वटा सडक निर्माण, स्तरोन्नतीलगायत पूर्वाधारको काम गर्ने भएका छ । सोका लागि बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार, बाँकेका आठ वटै स्थानीयतहमा विभिन्न पूर्वाधार निर्माणका योजनालाई बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले बाँकेमा तीन लाख ९० हजारदेखि दुई करोडसम्मका सडक, नाला, ढल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सितापुर राधापुर पुलचोकदेखि राधापुर पिसीओ जाने कृषि सडकका लागिएक करोड ५० लाख, च्यामा सम्झनाचोक खजुरा रिमझिमचोक राधापुर सडकका लागि एक करोड २० लाख, राप्तीसोनारी–७ सोनपुर हेल्थपोष्ट हुँदै पिपरहवागंगापुर र मटेहियाजोड्ने सडक कालोपत्रे गर्न एक करोड २५ लाख, खजुरा बि गाउँ इ गाउँ पिलाडी चनौवा हुँदै मैट्वाचोक कोहलपुर सडकका लागि दुई करोड ५० लाख, राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि एक करोड १५ लाख, पिप्रहवा खजुरा गाउँपालिकाको जलपुरी हुँदै शिवपुरी साईगाउँ सिमादेखि समरपुर बेलडाँडा सडक स्तरोन्नतीकालागि दुई करोड विनियोजन गरेको छ ।

यसैगरी कुलमानचोकदेखि एचगाउँसम्म जोड्न सडक कालोपत्रे बैजनाथ–६ बाँकेका लागि ४० लाख, बैजनाथ– माभज्यागौडीदेखि डायमड इमि स्कुलपूर्व शिवमन्दिरदेखि रारा बस्ती, बोरिङ्ग बस्तीसम्म कालोपत्रेका लागि ४० लाख, खजुरा क्यान्सर अस्पताल हुँदै राधापुर–च्यामे सडक कालोपत्रेका लागि ४० लाख, बैजनाथ–६ गडरहीपानी ट्याङ्कीदेखि एचगाउँ जेठी नालामापुलका लागि ४० लाख, करमोहना नालामा कल्र्भट निर्माण, कस्तुरी मार्ग जानकी गाउँपालिका– ३ का लागि ५५ लाख, नेपालगन्ज उपमहानगरपालिका–१७ ढोडेगाउँ देखि कालीमन्दिर हुँदै स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नतीका लागि ६० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२ र ४ बुद्ध गुम्बादेखि नमस्ते टोलसम्मको बाटो ढक्कनसहितको नाली र सडक निर्माणका लागि २० लाख, खजुरा रनियापुर सिक्टा नहरदेखि छकरीपुर हुँदै सोलार कम्पनीबाट गंगालिपुर जाने सडक कालोपत्रेका लागि ४० लाख, जानकी गाउँपालिका–१ बढैयादेखि जोगागाउँसम्म बाटो कालोपत्रेका लागि एक करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।

प्रदेश सरकारले नेपालगन्ज १६ जैसपुर कब्रस्थानदेखि हनुमानमन्दिर हुँदै पाँचपोखरी जाने सडकका लागि २० लाख, नेपालगन्ज–१२ देखि जानकी तीन नयाँ बस्ती जोड्ने सडक नाली निर्माणका लागि २० लाख, पासाङ्गल्हामु मार्ग हुँदै ब्राइण्डल्याण्ड कलेज हुँदै जेलरोड जोड्ने सडक स्तरोन्नतीका लागि २० लाख, नेपालगन्ज–१७ परसपुरचोकदेखि सुख्खाबन्दरगाह सडक स्तरोन्नतीका लागि ७५ लाख, किरणनाला सडक पुल नेपालगन्ज उपमहानगरपालिका विशालचोक हुँदै जानकी गाउँपालिकाको बनियागाउँ हुँदै खजुरा गाउँपालिकाको चल्तुवा माडरिया बेडारी बनकटवा चोक सडक पाँच लाख, नेपालगन्ज–१६ जैसपुर भन्सारदेखि पंचपोखरी साइगाउँ हुँदै बढैया शिवपुरी खजुरा गाउँपालिका एकको बेलडाँडासम्मको सडकका लागि ६५ लाख, चौलिक्का चोक हुँदै भाटनपूर्वा डुडुवा–२ जोड्ने सडक र नेपालगन्ज– १४ का लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...

महोत्तरीमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, तीन घाइते

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्‍वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौं स्थानमा

काठमाडौं । संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...

इरानमा सत्ता अनिश्चितता, खामेनेईको स्वास्थ्य गम्भीर

लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रि...

गोली चलाएर काठमाडौँको पिङ्गलास्थानबाट दुई जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब ए...

उपराष्ट्रपति यादव अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending