नेपालगन्ज। लुम्बिनी प्रदेश सरकारको भौतिकपूर्वाधार विकास मन्त्रालयले बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा एक सय ९६ वटा सडक निर्माण, स्तरोन्नतीलगायत पूर्वाधारको काम गर्ने भएका छ । सोका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार, बाँकेका आठ वटै स्थानीयतहमा विभिन्न पूर्वाधार निर्माणका योजनालाई बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले बाँकेमा तीन लाख ९० हजारदेखि दुई करोडसम्मका सडक, नाला, ढल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले सितापुर राधापुर पुलचोकदेखि राधापुर पिसीओ जाने कृषि सडकका लागिएक करोड ५० लाख, च्यामा सम्झनाचोक खजुरा रिमझिमचोक राधापुर सडकका लागि एक करोड २० लाख, राप्तीसोनारी–७ सोनपुर हेल्थपोष्ट हुँदै पिपरहवागंगापुर र मटेहियाजोड्ने सडक कालोपत्रे गर्न एक करोड २५ लाख, खजुरा बि गाउँ इ गाउँ पिलाडी चनौवा हुँदै मैट्वाचोक कोहलपुर सडकका लागि दुई करोड ५० लाख, राँझा–राजापुर मध्यमार्गी लोकमार्गका लागि एक करोड १५ लाख, पिप्रहवा खजुरा गाउँपालिकाको जलपुरी हुँदै शिवपुरी साईगाउँ सिमादेखि समरपुर बेलडाँडा सडक स्तरोन्नतीकालागि दुई करोड विनियोजन गरेको छ ।
यसैगरी कुलमानचोकदेखि एचगाउँसम्म जोड्न सडक कालोपत्रे बैजनाथ–६ बाँकेका लागि ४० लाख, बैजनाथ– माभज्यागौडीदेखि डायमड इमि स्कुलपूर्व शिवमन्दिरदेखि रारा बस्ती, बोरिङ्ग बस्तीसम्म कालोपत्रेका लागि ४० लाख, खजुरा क्यान्सर अस्पताल हुँदै राधापुर–च्यामे सडक कालोपत्रेका लागि ४० लाख, बैजनाथ–६ गडरहीपानी ट्याङ्कीदेखि एचगाउँ जेठी नालामापुलका लागि ४० लाख, करमोहना नालामा कल्र्भट निर्माण, कस्तुरी मार्ग जानकी गाउँपालिका– ३ का लागि ५५ लाख, नेपालगन्ज उपमहानगरपालिका–१७ ढोडेगाउँ देखि कालीमन्दिर हुँदै स्वास्थ्य चौकीसम्मको सडक स्तरोन्नतीका लागि ६० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२ र ४ बुद्ध गुम्बादेखि नमस्ते टोलसम्मको बाटो ढक्कनसहितको नाली र सडक निर्माणका लागि २० लाख, खजुरा रनियापुर सिक्टा नहरदेखि छकरीपुर हुँदै सोलार कम्पनीबाट गंगालिपुर जाने सडक कालोपत्रेका लागि ४० लाख, जानकी गाउँपालिका–१ बढैयादेखि जोगागाउँसम्म बाटो कालोपत्रेका लागि एक करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।
प्रदेश सरकारले नेपालगन्ज १६ जैसपुर कब्रस्थानदेखि हनुमानमन्दिर हुँदै पाँचपोखरी जाने सडकका लागि २० लाख, नेपालगन्ज–१२ देखि जानकी तीन नयाँ बस्ती जोड्ने सडक नाली निर्माणका लागि २० लाख, पासाङ्गल्हामु मार्ग हुँदै ब्राइण्डल्याण्ड कलेज हुँदै जेलरोड जोड्ने सडक स्तरोन्नतीका लागि २० लाख, नेपालगन्ज–१७ परसपुरचोकदेखि सुख्खाबन्दरगाह सडक स्तरोन्नतीका लागि ७५ लाख, किरणनाला सडक पुल नेपालगन्ज उपमहानगरपालिका विशालचोक हुँदै जानकी गाउँपालिकाको बनियागाउँ हुँदै खजुरा गाउँपालिकाको चल्तुवा माडरिया बेडारी बनकटवा चोक सडक पाँच लाख, नेपालगन्ज–१६ जैसपुर भन्सारदेखि पंचपोखरी साइगाउँ हुँदै बढैया शिवपुरी खजुरा गाउँपालिका एकको बेलडाँडासम्मको सडकका लागि ६५ लाख, चौलिक्का चोक हुँदै भाटनपूर्वा डुडुवा–२ जोड्ने सडक र नेपालगन्ज– १४ का लागि ७५ लाख बजेट विनियोजन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: