काठमाडौँ। राष्ट्रिय सभामा नेकपा(माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएको छन् । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताएको हो ।
उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य सङ्कट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरे। उनले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताए। निर्यात दिनदिनै कम भइरहेको बताए। ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताए । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताए।
सांसद शर्माले भने, ‘हामीले तथ्य, तथ्याङ्कमा हेर्यौँ भने धनी र गरिबि बढिरहेको छ । खाद्य सङ्कट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरे पनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ । निर्यात बढ्न सकेको छैन । ऋणको भारले देशलाई थेग्न गाह्रो हुने स्थितिमा अघि बढिरहेको छ । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला तर देश बन्नेकुरा एउटा समृद्धिको कुरा सम्भव हुँदैन ।’
सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - १३:५८
ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...
चैत्र २४ गते, २०८२ - १३:५१
महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...
चैत्र २४ गते, २०८२ - १३:४६
काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...
चैत्र २४ गते, २०८२ - १३:४४
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...
चैत्र २४ गते, २०८२ - १३:४०
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...
चैत्र २४ गते, २०८२ - १३:२६
काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...
चैत्र २४ गते, २०८२ - १३:०३
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...
चैत्र २४ गते, २०८२ - १२:४६
लन्डन। इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रि...
चैत्र २४ गते, २०८२ - १२:३९
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब ए...
चैत्र २४ गते, २०८२ - १२:२९
काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भ...


प्रतिकृया लेख्नुहोस्: