काठमाडौँ । एमाले सचेतक सुनिता बरालले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका विषय संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएका थिए ।
गलतै बरालले संसद्लाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने बताइन् । ‘यो संसद्मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ’, बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।’ ‘केही दिनअघि एक मन्त्रीको नाम जोडेर अडियो सार्वजनिक भएको थियो । यो कारबाहीको विषय होला । हामी पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छौं । जब सिंगो सरकारको नेतृत्वमाथि आरोप लगाएर देशकै बदनाम गर्न खोजिएको छ । देशको नामकारण नै फरक तरिकाले गर्ने भनेर जुन खालको अभ्यास र जुन मनोविज्ञान स्थापित गर्न खोजिँदैछ, यो विषय गलत छ । यो सदन यस्ता खालका गलत प्रवृत्ति र मानकहरू स्थापित गर्नका लागि होइन ।’
बरालभन्दा अघि बोलेका शाहीले भने ‘नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंहरू गिनिज बुकमा नाम लेखाउनुस् । यो सरकार जनता र देशको हितमा काम गरेको भए आज रेकर्ड भयो गिनिज बुकमा नाम लेखाउनुस्’, उनले भनेका थिए, ‘ज्ञान नपाए कासी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनू ।’ शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्र उन्मुक्ति नपाउने भन्दै पक्राउ गरेर थुन्न माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: