Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पिकअपसँग जुध्दा मोटरसाइकलमा आगलागी, नेपाली सेनाको सिपाहीसहित पाँच घाइते

खबरडबली संवाददाता

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा। ८ च ६५ नम्बरको पिकअप आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकल पछाडि सवार नेपाली सेनाकै मध्यपश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी घाइते हुनुभएको छ । मोटरसाइकलमा सवार तीनैजना ईश्वरपुर १५ का स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी हुँदा धामीको शरीको अधिकांश भाग जलेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक  उमाकान्त जोशीले जानकारी दिनुभयो । नेपाली सेनाका सिपाही धामी बिदा सकेर कार्यालयतर्फ जान बाँके चोकमा बस चढ्नका लागि साथीसँग आउँदै गर्दा दुर्घटनामा परेको हो ।

गम्भीर घाइते सिपाही धामीलाई थप उपचारका लागि मोडेल अस्पताल लालबन्दीबाट काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर मगाइएको छ । नवलपुरस्थित कालिध्वज गण पाँचकुमारी ब्यारेकमा सेनाको हेलिकप्टर मगाइएको प्रमुख सेनानी ९कर्णेल० गोविन्द विष्टले जानकारी दिए।

दुर्घटनामा पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएको छन् ।

मोटरसाइकल पछाडि सवार दुईजना, पिकअप चालक र पिकअपमा सवार व्यक्तिको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइते चारजनाको पनि मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको केशरगन्जका प्रहरी निरीक्षक जोशीले बताए। जोशीका अनुसार, पिकअपसँग ठोक्किएपछि आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको छ ।

पिकअप गाडीमा भने आगलागी नभएको प्रहरीले जनाएको छ । पिकअपको अगाडिको भागमा मात्रै क्षति पुगेको छ ।

पूर्व पश्चिम राजमार्गको बाँके चोकदेखि करिब एक किलोमिटर दक्षिणतर्फ एकान्त स्थानको जङ्गलमा दुर्घटना हुनासाथ स्थानीय र प्रहरी पुगेर घाइतेको उद्धार गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending