सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा। ८ च ६५ नम्बरको पिकअप आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकल पछाडि सवार नेपाली सेनाकै मध्यपश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी घाइते हुनुभएको छ । मोटरसाइकलमा सवार तीनैजना ईश्वरपुर १५ का स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी हुँदा धामीको शरीको अधिकांश भाग जलेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो । नेपाली सेनाका सिपाही धामी बिदा सकेर कार्यालयतर्फ जान बाँके चोकमा बस चढ्नका लागि साथीसँग आउँदै गर्दा दुर्घटनामा परेको हो ।
गम्भीर घाइते सिपाही धामीलाई थप उपचारका लागि मोडेल अस्पताल लालबन्दीबाट काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर मगाइएको छ । नवलपुरस्थित कालिध्वज गण पाँचकुमारी ब्यारेकमा सेनाको हेलिकप्टर मगाइएको प्रमुख सेनानी ९कर्णेल० गोविन्द विष्टले जानकारी दिए।
दुर्घटनामा पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएको छन् ।
मोटरसाइकल पछाडि सवार दुईजना, पिकअप चालक र पिकअपमा सवार व्यक्तिको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सामान्य घाइते चारजनाको पनि मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको केशरगन्जका प्रहरी निरीक्षक जोशीले बताए। जोशीका अनुसार, पिकअपसँग ठोक्किएपछि आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको छ ।
पिकअप गाडीमा भने आगलागी नभएको प्रहरीले जनाएको छ । पिकअपको अगाडिको भागमा मात्रै क्षति पुगेको छ ।
पूर्व पश्चिम राजमार्गको बाँके चोकदेखि करिब एक किलोमिटर दक्षिणतर्फ एकान्त स्थानको जङ्गलमा दुर्घटना हुनासाथ स्थानीय र प्रहरी पुगेर घाइतेको उद्धार गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: