Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

प्रधानमन्त्री प्रचण्डको प्रश्न: जहाँ सरकार त्यहाँ भष्ट्राचार, चित्रगुप्तलाई के बयान दिने ?

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाएका छन्। सोमबार संसद्‌मा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सोधे,’तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डील गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

उनले विशेष गरी भूमिहीन सुकुमाबसीका विषयमा उदाहरण दिँदै भने, 'मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमबासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।'

उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण र विचौलियाको संरचना सिर्जना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए। 'जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथितिु भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे। पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको 'भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिन' भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending