Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा पेस

खबरडबली संवाददाता

काठमाडौँ। सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा पेस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक सभामा पेस गरेको हो । सरकारले जेठ २७ गते विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो । सो विधेयकमा अब सैद्धान्तिक छलफलको प्रक्रिया अघि बढ्ने छ । 

विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक ल्याएको हो । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सङ्घीय संसद्बाट पारित भएसँगै उक्त कानुन खारेज हुने गरी सरकारले नयाँ विधेयक ल्याएको हो । उक्त ऐनको दफा ४७ दुरुपयोग भएको भन्दै आलोचना हुने गरेको छ ।

सरकारले यसअघि पनि २०७५ सूचना प्रविधि विधेयकमा साइबर सुरक्षा र सामाजिक सञ्जालका विषय समेटेर विधेयक ल्याएको थियो । सामाजिक सञ्जालका विषयमा विधेयक विवादित बनेपछि संसदीय समितिले प्रतिवेदन तयार पारेर पनि पारित हुन सकेन । यो पटक सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा, सामाजिक सञ्जाल र विद्युतीय कारोबारका छुट्टाछुट्टै विधेयक अघि बढाएको हो । विद्युतीय कारोबारसम्बन्धी विधेयक सङ्घीय संसद्बाट पारित भइसकेको छ । गत माघमा राष्ट्रिय सभामा दर्ता सामाजिक सञ्जाल विधेयक प्रक्रियामा विचाराधीन छ । 

विद्युतीय अभिलेख र विद्युतीय हस्ताक्षरको मान्यता दिने गरी विधेयक प्रस्तावित छ । साइबर स्पेसको सूचना सङ्कलन, संरक्षण र व्यवस्थित गर्ने उद्देश्य सरकारले विधेयकमा लिएको छ । साइबर सुरक्षासम्बन्धी प्रचलित कानुनको एकीकरण गर्न विधेयकमा प्रस्ताव गरिएको छ । विद्युतीय प्रणालीको सुरक्षित प्रयोग र प्रचलनका विषयलाई पनि विधेयकमा समेटिएको छ । विधेयकले विद्युतीय प्रणाली प्रयोग गरी साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध गरे पाँच वर्षसम्म कैद वा १० लाख रुपियाँसम्म जरिबाना प्रस्ताव गरेको छ । कसुरको मात्रा अनुसार दुवै सजाय प्रस्तावित छ । आर्थिक लाभ लिने प्रयोजनले विद्युतीय सूचना सम्प्रेषण गराएमा वा सूचना मेटाउने काम गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपियाँ जरिबाना प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकले विद्युतीय प्रणालीको स्रोत वा सङ्केत चोरी गर्ने तथा नष्ट गर्नुलाई पनि कसुर परिभाषित गरेको छ । यस्ता कसुरमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजायसमेत हुन सक्ने व्यवस्था प्रस्तावित छ । 

कम्प्युटर प्रणालीमा अनधिकृत रूपमा पहुँच राख्ने, प्रवेश गर्ने र सूचना हेरफेर गर्नुलाई पनि विधेयकले कसुर मानेको छ । यस्तो कसुरमा दुई वर्षसम्म कैद वा दुई लाख रुपियाँसम्म कैद वा दुवै सजाय प्रस्ताव छ । प्रयोगकर्तालाई कुनै पनि विद्युतीय प्रणाली प्रयोगमा अवरोध पुर्‍याए तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजाय प्रस्ताव पनि विधेयकमा गरिएको छ । 

विद्युतीय माध्यमबाट वैयक्तिक विवरण सङ्कलन गरेमा वा अनधिकृत रूपमा सूचना प्राप्तिलाई बन्देज गरिएको छ । वैयक्तिक सूचनाको गोपनीयता भङ्गलाई पनि कसुर मानिएको छ । कानुनबमोजिम अख्तियार प्राप्त अधिकारीले आदेश दिएबाहेकको वैयक्तिक संवाद र कुराकानीलाई रेकर्ड गरेमा पनि कसुरमा मानिएको छ । यस्तो कसुरमा दुई वर्षसम्म कैद वा तीन लाख रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ । फिसिङको माध्यमबाट युजर विवरण, पासवर्ड, पिनकोड, प्याटर्न तथा टोकन चोरीलाई विधेयकले कसुर मानेको छ । फिसिङ लिङ्कबाट प्रयोगकर्ताको विवरण प्राप्तिलाई पनि कसुर मानिएको छ । यस्तो कसुरमा दुई वर्षसम्म कैद वा दुई लाख रुपियाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । कसुरको मात्रा अनुसार दुवै सजाय पनि प्रस्तावित छ । कम्प्युटर प्रणालीको डाटा चोरी गरेमा दुई वर्षसम्म कैद वा दुई लाख रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको स्थलगत निरीक्षणमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...

उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुससहित पक्राउ

काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...

शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending