काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ ।
फिफाले उपलब्ध गराउने आर्थिक सहयोगमा अपारदर्शिता र भ्रष्टचारको आशङ्का गर्दै एन्फालाई फिफाले सन २०२१ मार्च १५ तारिख देखि ‘कन्ट्रोल फन्डिङ’ प्रणाली लागु गरेको थियो ।
फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गर्दथ्यो । एन्फाले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएको उल्लेख गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘‘चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको आर्थिक बन्देज हटाएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत एन्फा कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।’’
फिफाले ‘कन्ट्रोल फन्डिङ’ हटाएसँगै एन्फाले अब स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने छ । फिफाले यसअघि सन् २०२४ को अक्टोबर २९ तारिख एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दी इयर ९गोल्ड० अवार्ड २०२४ बाट पनि सम्मान गरेको थियो ।
एन्फाको विज्ञप्तीमा ‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहले फुटबल विकासमा अवरोध गर्न खोजेपनि अन्तिममा सत्यताले विजय भएको उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - २१:०१
चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...
चैत्र २२ गते, २०८२ - २०:५४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...
चैत्र २२ गते, २०८२ - २०:४८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...
चैत्र २२ गते, २०८२ - २०:४३
रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...
चैत्र २१ गते, २०८२ - १६:२१
काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...
चैत्र २१ गते, २०८२ - १६:०७
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...
चैत्र २१ गते, २०८२ - १६:०२
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी का...
चैत्र २१ गते, २०८२ - १५:३९
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...
चैत्र २१ गते, २०८२ - १५:०७
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...


प्रतिकृया लेख्नुहोस्: