Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

मधेसमा अझै खडेरी, सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा

खबरडबली संवाददाता

काठमाडौँ। मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जुन एक तारिकदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो सुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मुलुकभर ५ सय भन्दा बढी वर्षा मापन केन्द्रहरू छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरू मध्येको तथ्याङ्कहरूका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदर भन्दा कम वर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३ सय ९१ दशमलव ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४ सय ६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो । मनसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भए पनि नमुना अनुगमनका वर्षा मापन केन्द्रको तथ्याङ्कहरूका आधारमा यो अवधिमा सरदर भन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताउनु भयो । पोखरेलले सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भए पनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘१८ जेठबाट १४ असोजसम्म मनसुन अवधिको हामीले प्रक्षेपण गरेका थियौँ । अहिले सम्मको अवस्था हेर्दा प्रक्षेपण गरे अनुसार वर्षा भएको देखिँदैन । १० जुलाईमा समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर हामीले अपडेट निकालेका थियौ । तराईका भू भागमा वर्षा सरदर भन्दा कम हुने सम्भावना छ भनेर निकालेका छौँ । मधेस प्रदेशमा हामीले लगभग सरदर वर्षा हुने भनेर दिएका थियौँ । १० जुलाईमा हामीले समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर अपडेट पनि निकालेका थियौँ । मधेस प्रदेशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ भनेर हामीले अपडेट गरेका छौँ । समग्र मनसुन सिजनको प्रक्षेपण हो त्यही भएर अहिले नै निष्कर्षमा पुगिँदैन ।

किनभने अन्तिमको महिना धेरै वर्षा हुन पनि सक्छ । जस्तै ९० देखि १ सय १० प्रतिशत सम्म वर्षा भएकोलाई हामीले सामान्य भन्छौँ । १ सय १० बाट १ सय ११ वा १ सय १२ भएको खण्डमा हामीले सरदर भन्दा बढी वर्षा भयो भन्छौँ हामीले ।  अहिले नै निष्कर्षमा आउनु ठिक हुँदैन । तर अहिलेसम्मको वर्षा सरदर भन्दा कम नै देखिएको छ । मधेस प्रदेशका कतिपय स्थानहरूमा त खडेरी जस्तै देखिएको छ । पश्चिमका भूभागका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिए पनि समग्रमा सरदर भन्दा कम वर्षा भएको छ ।

विभागले दैनिक अनुगमन गरेका बर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको बर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलव ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २ सय ११ दशमलव २ मिलिमिटर वर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर वर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १ सय ५२ प्रतिशत थियो ।

त्यसै गरी जनकपुर विमानस्थलको तथ्यांकअनुसार जुन १ देखि जुलाई ११ सम्म १ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो वर्ष यही अवधिमा सो स्थानमा ५ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो ।

त्यसै गरी सिमरा विमानस्थलको बर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्यांकअनुसार, जुन १ देखि जुलाई ११ सम्म २ सय ६१ दशमलव १ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४ सय २६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

यसैबिच, मधेस प्रदेश सरकारले  असार २६ गते मन्त्रीपरिषद् बैठकबाट मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा वर्षा नहुँदा धान रोपाइँ हुन नसकिरहेको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग पनि गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रत्ननगरले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने

चितवन। रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नि: शुल्क श...

अध्यक्ष ओली–लेखकको पाँच दिन म्याद थपियो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद पाँच दिन थपिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बह...

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुना...

निर्वाचनमा सेनाको भूमिका व्यावसायिक र तटस्थ : प्रधानसेनापति सिग्देल

रुपन्देही। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालै सम्पन्न आम निर्वाचनमा सेनाले आफ्नो पेसागत दक्षता, तटस्थता र व्यावसायिक चरित्र कायम राखेक...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध काठमाडौंमा युवाहरूको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुहरूको मूल्यसम...

२०२७ बजेटमा ट्रम्पको प्रस्ताव: रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रम कटौती

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गरेका छन् । यो दशकमा सबैभन्दा ठु...

रुकुमपश्चिममा अटो र गाडी ठोक्किदा आठ जना घाइते

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका ४ सोलाबाङमा शनिबार दिउँसो गाडी र अटो ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी का...

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा ...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending