Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

मधेसमा अझै खडेरी, सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा

खबरडबली संवाददाता

काठमाडौँ। मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जुन एक तारिकदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो सुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मुलुकभर ५ सय भन्दा बढी वर्षा मापन केन्द्रहरू छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरू मध्येको तथ्याङ्कहरूका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदर भन्दा कम वर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३ सय ९१ दशमलव ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४ सय ६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो । मनसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भए पनि नमुना अनुगमनका वर्षा मापन केन्द्रको तथ्याङ्कहरूका आधारमा यो अवधिमा सरदर भन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताउनु भयो । पोखरेलले सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भए पनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘१८ जेठबाट १४ असोजसम्म मनसुन अवधिको हामीले प्रक्षेपण गरेका थियौँ । अहिले सम्मको अवस्था हेर्दा प्रक्षेपण गरे अनुसार वर्षा भएको देखिँदैन । १० जुलाईमा समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर हामीले अपडेट निकालेका थियौ । तराईका भू भागमा वर्षा सरदर भन्दा कम हुने सम्भावना छ भनेर निकालेका छौँ । मधेस प्रदेशमा हामीले लगभग सरदर वर्षा हुने भनेर दिएका थियौँ । १० जुलाईमा हामीले समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर अपडेट पनि निकालेका थियौँ । मधेस प्रदेशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ भनेर हामीले अपडेट गरेका छौँ । समग्र मनसुन सिजनको प्रक्षेपण हो त्यही भएर अहिले नै निष्कर्षमा पुगिँदैन ।

किनभने अन्तिमको महिना धेरै वर्षा हुन पनि सक्छ । जस्तै ९० देखि १ सय १० प्रतिशत सम्म वर्षा भएकोलाई हामीले सामान्य भन्छौँ । १ सय १० बाट १ सय ११ वा १ सय १२ भएको खण्डमा हामीले सरदर भन्दा बढी वर्षा भयो भन्छौँ हामीले ।  अहिले नै निष्कर्षमा आउनु ठिक हुँदैन । तर अहिलेसम्मको वर्षा सरदर भन्दा कम नै देखिएको छ । मधेस प्रदेशका कतिपय स्थानहरूमा त खडेरी जस्तै देखिएको छ । पश्चिमका भूभागका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिए पनि समग्रमा सरदर भन्दा कम वर्षा भएको छ ।

विभागले दैनिक अनुगमन गरेका बर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको बर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलव ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २ सय ११ दशमलव २ मिलिमिटर वर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर वर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १ सय ५२ प्रतिशत थियो ।

त्यसै गरी जनकपुर विमानस्थलको तथ्यांकअनुसार जुन १ देखि जुलाई ११ सम्म १ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो वर्ष यही अवधिमा सो स्थानमा ५ सय ५४ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो ।

त्यसै गरी सिमरा विमानस्थलको बर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्यांकअनुसार, जुन १ देखि जुलाई ११ सम्म २ सय ६१ दशमलव १ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४ सय २६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो ।

यसैबिच, मधेस प्रदेश सरकारले  असार २६ गते मन्त्रीपरिषद् बैठकबाट मधेसलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा वर्षा नहुँदा धान रोपाइँ हुन नसकिरहेको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न सङ्घीय सरकारसँग माग पनि गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending