Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

संविधानमा मधेसीको सवाल र हाम्रो संबृध्दि

\"pawan_article\"सदियौँदेखि कायम विभिन्न जातिय, क्षेत्रिय, लैङ्गकि, भाषिक विभेद र रङ्गभेद अन्त गर्नको लागि प्रजातान्त्रिक अभ्यास सुरु भएपछि पटकपटक आन्दोलन र नेपाली जनताले धेरै बलिदान दिईसकेका छन । तर पनि परम्परागत रुपमा चलेको राज्य र सिमित अधिकारका कारण जनताहरु पिल्सिएर बस्न बाध्य थिए । भलै पछिल्लो समय बिशेषगरि माओबादी द्वन्द्वका क्रममा आइपुग्दा जनताका हक र अधिकारहरु एकदमै स्पष्ट रुपमा उठान भएका छन । जनताहरु आफु किन र केकति कारणले पिल्सिएर बस्न बाध्य थिए भन्ने बारेमा हरेक क्षेत्रका जनतामा पुर्ण सचेतना र परिपक्वता देखिएको छ । तर पनि सवै जात जाति बर्गका मागहरुलाई समेटेर सम्पूर्ण समस्याको समाधान निकाल्ने कुरा जटिल र दुरगामी अर्थको हो अझ यी सबै बिषयलाई देशको संबिधानमा समेट्ने कुरा झन जटिल बिषय हो ।
नागरिकता, समावेशीताको ग्यारेन्टी, जनसंख्याको आधारमा क्षेत्र निर्धारण र राज्यका प्रमुख निकायहरुमा मधेसीको सहज पहुँच लगायतका मागहरु आधारभुत रुपमा सही र जायज पनि छन । तर समानुपातिक समावेशीकरण, आरक्षण र स्वभाविक रुपमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताले धेरैजसो आधारभुत मागहरु पुर्ण भईसकेका छन । तथापि प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीको ब्यबस्था, भ्रष्टचार र जघन्य अपराध नियन्त्रण लगायत शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनतासँग प्रतक्ष सरोकार राख्ने र अधिकांस जनताले अपेक्षा गरेका मुद्दामा संबिधान प्रति बहुसंख्यक जनताको आकांक्षा समावेश नगरिएको महसुस जनताले गरेका छन
नेपालमा अथक प्रयास र लामो समयको व्यग्र प्रतीक्षा पछि संविधानसभाबाट जारी संबिधानमा सबै क्षेत्रले आ-आफ्ना हक र अधिकारको सुनिश्चितता चाहनु स्वभाबिक हो । गणतन्त्र, संघीयत, समावेशीता र धर्म निरपेक्षताले धेरै जनताका मागहरु स्वभाबिक रुपमा संबोधन गरेको छ । तरपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक बिबिधता बिचको अनेकताका कुरालाई संबिधानमा एकत्रित गर्न खोज्दा धेरै कुराहरु अपुर्ण देखिएका छन । अझ मधेसी लगायतका कतिपय समुदाय र क्षेत्रमा व्यापक असन्तुष्टिले देश पुन: अन्यौलता र निरासाले बास गरेको छ । खासगरि संबिधान जारी गरिने अन्तिम प्रक्रियादेखि मधेशमा छाएको अशान्तिले अहिले जटिल रुप लिएको छ । सतही रुपमा मधेसमा उठेको माग संघीयताको सिमांकन नै हो । यस्तै गरि नागरिकता, समावेशीताको ग्यारेन्टी, जनसंख्याको आधारमा क्षेत्र निर्धारण र राज्यका प्रमुख निकायहरुमा मधेसीको सहज पहुँच लगायतका मागहरु आधारभुत रुपमा सही र जायज पनि छन । तर समानुपातिक समावेशीकरण, आरक्षण र स्वभाविक रुपमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताले धेरैजसो आधारभुत मागहरु पुर्ण भईसकेका छन । तथापि प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीको ब्यबस्था, भ्रष्टचार र जघन्य अपराध नियन्त्रण लगायत शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनतासँग प्रतक्ष सरोकार राख्ने र अधिकांस जनताले अपेक्षा गरेका मुद्दामा संबिधान प्रति बहुसंख्यक जनताको आकांक्षा समावेश नगरिएको महसुस जनताले गरेका छन । केही वाँकि रहेका बिषयमा मधेसी मात्रै होईन सबैसँग छलफल गरेर संबिधान संशोधन गर्ने बिकल्पहरु उपलब्ध छन । मधेशीहरुको मुल माग संघीयताको सिमांकनको लागि संघीय आयोगको ब्यबस्था गरिएको छ । जसले सिमांकन लगायतका चित्त नबुझेका बारेमा हेरफेर गर्न सक्ने ब्यबस्था गरेको छ । फेरि संबिधानसभाबाट संबिधान जारी गर्ने जनताको ऐतिहाँसिक आवस्यकता पूरा गर्ने जिम्मेवारी पनि त हाम्रो दायित्वबाट अझै टाढा धकेल्न सकिने अवस्था थिएन । बिकल्प र समाधानका लागि नेपालीहरु आफै मिलेर बार्ता र छलफलबाट निकास निकाल्नु पर्नेमा मधेशमा आन्दोलनको आव्हान गर्ने मधेशी नेताहरु किन भारतका राजदुत, नेता र मन्त्रीलाई गुहारिरहेका छन ? जसका कारण भारतले आज आफ्नो सिमानामा अशान्ति भएको र मधेशीको अधिकार खोसिएको नाममा नांगो हस्तक्षेप बढाउन खोजेको छ । अझ दुखद कुरा त अहिले मधेशका मागहरु भारतले उठाएका मागहरू हुन भनेर प्रचार गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता बिपरित देशमा नाकाबन्दी लगाउने कुरा समेत उठ्नु त्यो पनि अरुको देशको आन्तरिक मामिलामा ? यो पुर्णतया अशोभनिय छ । मदेशीका हकअधिकारहरु नेपालको सरकारले उपलब्ध गराउने हो र मधेसी जनताले आफ्ना मागहरु पनि नेपालमै नेपाली जनता मार्फत पाउने हो । फेरि हिजो नेपालमा जर्जर सशस्त्र युद्धको हुदा के उसको सिमानामा कुनै गतिविधि भएका थिएनन ? अनि हिजो भारतको संबिधान जारी गर्दा कति बिरोध भएको थियो भारतभर ? यी कुराहरु भारतले मनन गर्न आवश्यक छ । अझ नेपाललाई आफ्नो स्बशासित क्षेत्रको रुपमा नहेरी एउटा असल भाईचारा र मित्रवत छिमेको रुपमा हेर्न जरुरी छ । उता खुलेआम भारतको प्रायोजनमा चल्ने रुपमा मधेसमा नेपाली राष्ट्रिय झण्डा च्यातिदै छ ? किन मधेशलाई नेपालबाट अलग गराउने कुरामा आबाजहरु जबर्जस्ती निकालिदै छ ? नागरिकताका लागि र विभिन्न अधिकारका लागि लडिरहेका मधेशी जनतालाई किन नेपालको नागरिकता त्याग्न आव्हान गरिदै छ ? यी कुराहरु जो सच्चा नेपालीले बुझ्न जरुरी छ । सबैभन्दा मुख्य र मधेसी जनताले बुझ्न के जरुरी छ भने जस्ले अहिले मधेसमा बर्षौदेखि एकछत्र राजनीतिको खोल ओढेर मधेशका जनतालाई किन बिस्तारै नेपाली भावनाबाट अलग गराउदै छन ? यो कुरा बुझ्न जरुरी छ । यो कुरा त उनिहरुको अहिलेसम्मको नियतबाटै प्रस्ट हुन्छ । किनकि यिनिहरुले हिजोका दिनमा जेजति मधेसी जनताले उठाएका आबाजहरु थिए त्यी सबै पद र सत्ताका लागि अन्तिम हतियार मात्रै बनाए । मन्त्री बन्नको लागि मात्रै प्रयोग गरे ।
अन्धकारमा लुकेका हिमाल-पहाडका कुना कुनामा बस्नेहरुलाई मधेसीको अधिकार खोसेको आरोप लगाउन मिल्छ ? हुनत पहाडमा पनि सामन्ती र पीडकहरु प्रशस्तै छन त्यीपनि ब्राह्मण क्षेत्री नै पनि छन किन छैनन् ?
अर्को कुरा के पनि बुझ्न जरुरी छ भने यो मुलुक सम्पूर्ण जातजाति भाषाभाषी र क्षेत्रका जनताको साझा फुलबारी हो । यहाँका सबै जनताको हकहितको अधिकारको सुरक्षा गर्न आवस्यक छ । सबै मधेस भुमि मधेसमा बस्नेहरुको मात्रै होइन जो भाग लगाएर छुट्टै राज्य बनाउनु पर्ने ? अहिले मदेशमा उठेको एक या दुई मधेस राज्यले बिखण्छन ल्याउन सक्छ भनेर नदिईएको पनि पक्कै हैन । नेपाल एउटा भुपरिबेष्ठित र भौगोलिक सांस्कृतिक रुपमा भारतसँगको खुला सिमाका कारण अब बन्ने संघीय राज्यहरुमा पनि कुनै न कुनै रुपमा सबै राज्यको भारतसँग सहज पहुँच हुदा भोलिका दिनमा सहजता हुनसक्छ । यस आधारमा मधेशमा एक या दुईवटा मात्रै राज्हरु अब्यबहारिक भएको हो । तर यहाँ मधेशका जनताहरुलाई पहाडे ब्राह्मण क्षेत्री र खसहरुले मधेसी जनाका हक र अधिकार खोसेको र मधेशी जनतालाई अधिकारबाट बञ्चित गर्न खोजेको आरोप लगाइएको छ । यदि समान पहुँचको आधारमा राज्यको निर्धारण गर्ने हो भने के मधेशलाई हिमाल र पहाडको शितलता र बिजुली बत्तीको उज्यालो नभई हुन्छ ? के हिमालका जनतालाई तराईको उर्बर भुमि चाहिदैन ? यस अर्थमा त यस्ता जातियता, क्षेत्रीयता जस्ता अतिबादि र अब्यबहारिक बिषयको उठान गर्ने अदुरदर्शि तथाकथित नेताहरु दोषी देखिन्छन् । अझै समय छ केही बिग्रेको छैन सच्याउने मौका छ । बिकास र संबृद्दिको लागि २१ औँ शताब्धीमा उद्योग कलकारखाना, ज्ञान बिज्ञान र प्रबिधि, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतमा जनताको समान पहुच स्थापित गरौँ । यसमा सबैको हित र पहिचान भेटिनेछ । जसमा हिजोका पुर्खाको वीरताको सम्मान र हाम्रो सनातन धर्म संस्कृति र मौलिक पहिचानको जगेर्ना हुनेछ । यसरी एकअर्कालाई अधिकार र पहिचानको बाडफाँड गरेर यस्तै बिखण्डन निम्तिने दृश्यलाई हामीले अहिल्यै बेलैमा दुरदर्शिताको नजरले हेरेर अगाडि बढ्न जरुरी छ । अनि अर्को गंभिर कुरा के मधेसी जनता चाहि उत्पिडित अनि हिमाल पहाड र कर्णालीका जनता चाँहि पीडक हुनसक्छन् ? कर्णालीमा खान लाउन मात्रै हैन उनिहरु कोबाट र कसरी पिछडिएका छन अनि खासमा उनिहरुको स्वउत्थानका लागि चाहिने अधिकार केके हुन भन्नेमा समेत त्यहाँका जनता स्वयम अनबिज्ञ छन । यस्तो बिकराल अन्धकारमा लुकेका हिमाल-पहाडका कुना कुनामा बस्नेहरुलाई मधेसीको अधिकार खोसेको आरोप लगाउन मिल्छ ? हुनत पहाडमा पनि सामन्ती र पीडकहरु प्रशस्तै छन त्यीपनि ब्राह्मण क्षेत्री नै पनि छन किन छैनन् ? तर बास्तबिकता के हो भने यो देशमा के मदेशी के पहाडी के हिमाली सबै नेपाली जनतालाई यस्तो अन्धकार र उत्पिडनमा राख्नेहरु यो देशका हरेक ठाँउमा छन पहाडमा मात्रै नभएर तराईमा पनि धेरै सामन्ती जमिनदारहरु छन जसले त्यहिँका जनतालाई कसरी जोतेर खान समेत दिएका छैनन भन्ने कुरा छर्लङ्ग छ । नागरिकताको सबालमा पनि एउटामात्र कुरा के साँचो हो भने धेरै मधेसी जनता नागरिकताबाट बञ्चित बन्नु परेको छ यो जायज हो । तर हामी इमान्दार र राष्ट्रियताको नजरमा हेरौं त कतिपय मधेसी नेता भनौदाहरुले आफ्नो स्वार्थका लागि कति बंगलादेशी, बिहारी र अन्य भारतीयलाई नागरिकता दिएका छन ? त्यो हामी नेपालीहरुले देखेका छौ बिदेशमा उनिहरुसँग नेपाली पासपोर्ट र नागरिकता बोक्ने अनि नेपाल र नेपालीलाई गाली गरेको सुन्दा के हाम्रो स्वाभिमान झुक्दैन ! के यसले हाम्रो राष्ट्रियताको रक्षा गर्छ ? यो पनि खुला सिमाना र हाम्रो कमजोर नितीका काण भएको हो । यसलाई पनि तराईका नेताहरुले नै सधै मागिखाने भाडो बनाईराखेका छन । जसको समाधान हामी नेपालीले नै निकाल्न सक्छौं । फेरि अहिलेको मदेशको आन्दोलनको प्रकृति र उठेका उग्ररुपी आवाजहरुले यो आन्दोलन अधिकारको लागि होईन कि भन्ने शंका उत्पन्न गरेको छ हिजो उत्पिडनमा पनि एकताको फुलबारीमा रमाएका जनता आज धेरैजसो अधिकार राज्यबाट दिईसक्दा र केही छुटेका कुराहरु बार्ताबाट मिलाउन छोडेर किन छुट्टै देशको समेत कुरा उठेको होला भन्दा दालमा कुछ कालो छ कि भन्ने लागेको छ । आन्दोलनमा हातहतियारसहित उपस्थित हुनु र पहाडे ब्राह्मण क्षेत्रीको नारा दिईएर सांप्रदायिकता फैलिने गरि मानिसहरुको निर्मम हत्या गरिनुले यहाँ कोहि न कोहि कुनै निहित स्वार्थमा चलखेल त गरिरहेको छैन भन्ने पनि बिचार गरौँ । किनकि यो देशमा नेताहरुको स्वार्थ र यिनिहरुको आश्वासनको कुनै भरोसा नगरौं पैसा र सत्ताको लागि यिनिहरुले निर्दिष जनतालाई मार्न त पछि परेका छैनन यदि भोलि सत्ता मिल्ने भो भने जनतालाई बेच्न पनि पछि पर्दैनन भन्न सकिन्छ र ? यसर्थ मधेसी जनता जो असली नेपाली हुँ भन्ने भावना बोकेका छन जसले देशप्रति माया र आफ्नो दायित्वबाट बिचलित भएका छैनन र हुनुपनि हुदैन यो मधेशीको मात्रै समस्या होईन सम्पुर्ण हिमाल पहाड र तराईका कुना कन्दरामा पिडित बन्न बाध्यहरुको समस्या हो जसको समाधान हामी आफै निकाल्न सक्छौं भन्ने भावनाको बिकास गरौँ । कसैले पनि एकताको भावनालाई कमजोर नबनाई अघि बढौँ । मधेसमा उठेका जायज मागहरुलाई यथोचित यथासिघ्र संबोधन गरौँ । तबमात्र हामी नेपाली मात्रको राष्ट्रियता, सार्वभौमसत्ता र हिमाली शान र सभ्यताको संरक्षण अनि हामी सम्पूर्ण नेपालीको उत्थान हुनेछ । अबको बाटो सहज भएको खण्डमा हामीले राजनितीक रुपमा आर्जन गर्नुपर्ने उपलब्धिलाई शिरोधार्य गरेर २१ औँ शताब्दीको आर्थिक क्रान्तिमा देशलाई अग्रसर गराउन सकिन्छ । हामी भारत र चिनको बिचमा त छौँ तर स्वतन्त्र छौँ । हामीसँग सम्बृध्दिका अनगिन्ति द्वारहरु छन । तर त्यी द्वारहरु खोल्ने हाम्रा संकुचित चेतनाका द्वारहरु फराकिला भएनन । विश्वमा शिक्षा, ज्ञान बिज्ञान र प्रबिधिको होडबाजी चलेको छ हामी चाहिँ अझै कतिन्जेल संबृद्धीको बाटो नलागि सधैंभरि जातजाति, धर्म र पहिचानको नाममा अल्झिएर बस्ने !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending