रसुवा। गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबिचको समन्वयमा बाढीको जोखिममा फसेका कामदारहरूको उद्धार कार्य सफल भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धारका लागि सेनाको एनए–०३८ एमआई र इकुरेल नामक दुई वटा हेलिकोप्टर परिचालन गरिएका थिए।
उद्धार गरिएकाहरूमा एक जना चिनियाँ नागरिक, १५ जना पुरुष र २ जना महिला नेपाली छन्। उनीहरू रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा कार्यरत थिए। बाढीका कारण उनीहरू सम्पर्कविहीन अवस्थामा फसेका थिए।
बाढीको स्रोत चीनको लेन्डे खोला हुँदै आएको पानी भोटेकोशी हुँदै नेपाल प्रवेश गर्दा आयोजना स्थल डुबानमा परेको थियो। बाढीबाट प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
धादिङको नम्बर–६, बाहिनी अड्डाबाट सैनिक टोली गल्छी हुँदै त्रिशूली तर्फ, र रसुवाको श्रीनाथ गणबाट अर्को टोली स्याफ्रुबेँसी इलाकातर्फ परिचालन गरिएको सैनिक स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार हालसम्म ५० जनालाई उद्धार गरिएको छ। उनले भने, “अन्य सुरक्षा निकायहरूसँग समन्वयमा थप उद्धार कार्य भइरहेको छ।”
रसुवामा आएको यो बाढीका कारण करोडौंको क्षति भएको अनुमान छ भने, नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पूर्णरूपमा बगिसकेको छ। उद्धारका साथै हराइरहेका व्यक्तिहरूको खोजी कार्य पनि जारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...
पौष २ गते, २०८२ - १४:३९
मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...
पौष २ गते, २०८२ - १४:१०
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदे...




प्रतिकृया लेख्नुहोस्: