Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ: पर्यटनमन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल(टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आज भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे।

उहाँले भन्नुभयो, “टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ ।”

पर्यटनमन्त्री पाण्डेले टिआइए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे। 

“अरु देशको तुलनामा टिआइए साँघुरो छ, टर्मिनललगायत भौतिक पूर्वाधार पर्याप्त छैनन्, ‘स्पेस’को सीमितताले विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले यात्रुहरु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको छ, अरु देशका यात्रु विमानबाट ओर्लिएर टर्मिनल आइपुग्न निकै समय लाग्छ, यसले गर्दा धेरै समय कुर्नुपरे जस्तो देखिन्छ”, उनले भने ।

पर्यटनमन्त्री पाण्डेले टिआइएको क्षमता रु ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झण्डै दोब्बर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताए।

मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने विश्वास व्यक्त गरे।

समितिले आजको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरेको हो । विधेयकउपर संशोधनकर्ताले मुलुकको हवाई सुरक्षालाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन कानुन बलियो बनाइनुपर्नेमा जोड दिए । 

सांसदहरु भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रकाश ज्वालाले विधेयकलाई समृद्ध बनाएर हवाई सेवालाई सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याए । सांसद रोशन कार्कीले विधेयक अत्यन्त आवश्यक र समय सान्दर्भिक रहेकाले चाँडो टुङ्ग्याइनुपर्नेमा जोड दिए।

सांसद प्रेम सुवालले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधार गर्न र सुविधासम्पन्न अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराए। 

सांसद एकनाथ ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित, सुलभ, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद शिशिर खनालले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा ९भिसा० प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै भिसा प्रक्रिया सहजीकरणका लागि पर्यटनमन्त्रीसमक्ष माग गरे। 

सांसद प्रभु साह, डा अमरेशकुमार सिंहलगायतले विधेयकमा समेट्नुपर्ने विषयबारे समितिलाई ध्यानाकर्षण गराए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

स्वीस बैंकमा रहेको अवैध नेपाली रकम भए फिर्ता ल्याउन सहयोग गरिदिन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश

सर्लाहीमा करेन्ट लागेर बालकको मृत्यु

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।  स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...

गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ता: भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्...

चैत २७ गते राष्ट्रपतिले संसद्‌को दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्‌को दुवै सदनको संयुक्त बैठक आह्वान गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस...

आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल

बागलुङ। बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending