काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचनाअनुकुल रहेको स्पष्ट पारेको छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताएको हो ।
उहाँले संघीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्नसक्ने बताए । उनले मन्त्रालयले स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकता र आवश्यकताको आधारमा गरेको जिकिर गरे। उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या तथा नीति–निर्देशनको आधारमा तय गरिएको उल्लेख गर्दै कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता नगरिएको स्पष्ट पारे।
उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन विश्लेषण गर्दा शिक्षाको अधिकांश बजेट स्थानीय तहमै छ । जुन तहको जे जिम्मेवारी हो त्यहीअनुसार बजेट विनियोजन गरिएको छ । संघबाट कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन गरिएको छैन । स्थानीय तहले आफ्नो प्राथमिकताकै आधारमा बजेट उपयोग गर्नसक्ने भएकोले यो बजेट संघीयता अनुकुल छ ।’
मन्त्रालयका लागि उपलब्ध भएको स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकताकै आधारमा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या र क्षेत्रगत नीति लगायतका विषयका आधारमा तय गरिएकाले यो कुनै भौगोलिक क्षेत्रलाई बेवास्ता गर्ने वा कुनै जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रिकृत हुने हिसाबले ल्याइएको छैन । उपलब्ध स्रोतको अनुसार अधिकतम बजेट नै यसै क्षेत्रमा विनियोजन गरिएको छ । राज्यको स्रोत बढ्दै जाँदा बजेटमा शिक्षा क्षेत्रले नै प्राथमिकता पाउने विषयमा आस्वस्त पार्न चाहन्छु ।’ मन्त्री पन्तले राज्यको स्रोत बढ्दै जाँदा शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: