Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

शिक्षा क्षेत्रको बजेट संघीय संरचनाअनुकुल छ : मन्त्री पन्त

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रको बजेट विनियोजन संघीय संरचनाअनुकुल रहेको स्पष्ट पारेको छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा शिक्षा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले शिक्षा क्षेत्रअन्तर्गतको अधिकांश बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुने बताएको हो । 

उहाँले संघीय सरकारले कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन नगरेको स्पष्ट पार्दै स्थानीय तहले प्राथमिकताका आधारमा बजेट उपयोग गर्नसक्ने बताए । उनले मन्त्रालयले स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकता र आवश्यकताको आधारमा गरेको जिकिर गरे। उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या तथा नीति–निर्देशनको आधारमा तय गरिएको उल्लेख गर्दै कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता नगरिएको स्पष्ट पारे। 

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन विश्लेषण गर्दा शिक्षाको अधिकांश बजेट स्थानीय तहमै छ । जुन तहको जे जिम्मेवारी हो त्यहीअनुसार बजेट विनियोजन गरिएको छ । संघबाट कुनै निश्चित विद्यालय तोकेर बजेट विनियोजन गरिएको छैन । स्थानीय तहले आफ्नो प्राथमिकताकै आधारमा बजेट उपयोग गर्नसक्ने भएकोले यो बजेट संघीयता अनुकुल छ ।’ 

मन्त्रालयका लागि उपलब्ध भएको स्रोतको उपक्षेत्रगत विनियोजन पनि प्राथमिकताकै आधारमा गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेट विद्यालय संख्या, विद्यार्थी संख्या र क्षेत्रगत नीति लगायतका विषयका आधारमा तय गरिएकाले यो कुनै भौगोलिक क्षेत्रलाई बेवास्ता गर्ने वा कुनै जिल्ला र निर्वाचन क्षेत्रमा केन्द्रिकृत हुने हिसाबले ल्याइएको छैन । उपलब्ध स्रोतको अनुसार अधिकतम बजेट नै यसै क्षेत्रमा विनियोजन गरिएको छ । राज्यको स्रोत बढ्दै जाँदा बजेटमा शिक्षा क्षेत्रले नै प्राथमिकता पाउने विषयमा आस्वस्त पार्न चाहन्छु ।’ मन्त्री पन्तले राज्यको स्रोत बढ्दै जाँदा शिक्षा क्षेत्रलाई नै प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

एमालेको समानुपातिक बन्दसूचीमा २१ जिल्लाको प्रतिनिधित्व शुन्य, झापाबाट ९ जना

काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...

लालपुर्जावाला नदीकिनारका जनतालाई सुकुम्बासि नबनाउ: दीपशिखा

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending