फिदिम । पाँचथरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६’ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार सन २०२५ सुरु भएदेखि ६ महिनाको अवधिमा जिल्लामा मानव अधिकार उल्लङ्घनका १८ वटा घटना भएका छन् ।
जस्मा १८ जना महिला बालबालिका पीडित भएको इन्सेक पाँचथर प्रतिनिधि इवारा जवेगूले जानकारी दिए ।
यस अवधिमा जिल्लामा दुई हत्या, पाँच बलात्कार, तीन हत्या प्रयास, पाँच अभद्र व्यवहार, दुई यौन दुर्व्यवहार र एक साइबर अपराध गरी १८ वटा घटनाको अभिलेख गरिएको छ । ती घटनामध्ये चार जना बालिका पीडित भएका छन् ।
कार्यक्रममा जिल्ला भित्रका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा चुनौतीबारे सरोकार वालाबिच विस्तृत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले मानव अधिकार उल्लङ्घन न्यूनीकरणका लागि प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार लगायत सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
उनले जिल्लामा गम्भीर बिरामीका लागि सुविधा सम्पन्न सघन उपचार कक्ष ९आइसियु० सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै त्यसले धेरै बिरामीलाई राहत पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक कुमार बराल, जिल्ला प्रहरी कार्यालय पाँचथरका वरिष्ठ प्रहरी नायब निरीक्षक मनोज कुमार यादव, हुकुडेक नेपाल पाँचथरका सचिव राजेन्द्र काफ्ले, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ लगायत पत्रकार तथा सरोकारवाला सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...
चैत्र २६ गते, २०८२ - १४:३१
काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...
चैत्र २६ गते, २०८२ - १४:०८
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...
चैत्र २६ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...
चैत्र २६ गते, २०८२ - १३:५८
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...
चैत्र २६ गते, २०८२ - १३:५५
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...
चैत्र २६ गते, २०८२ - १३:४७
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...
चैत्र २६ गते, २०८२ - १३:३१
काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...


प्रतिकृया लेख्नुहोस्: