काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा पेस भएका महत्त्वपूर्ण विधेयक छिटो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको समेत बताएका छन् ।
‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्नुको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो,’ बैठकमा उनले भने, ‘संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पातिर गरेर विधेयकहरू फूल हाउसमा पुर्याएँछ । तर, त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन् ।’संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐन अत्यावश्यक भइसकेकाले त्यतिकै टारिने त होइन भन्ने लागेर पनि सरकारसँग लचिलो भएको स्पष्टीकरण दिए ।
‘त्यतिकै टारिने त होइन भन्ने लाग्ने गरेको छ । त्यसैले पनि लचिलो हुनु परेको छ,’ केही दिनअघि संसद्को कार्यसूचीमा चढेर फर्किएको संघीय निजामति विधेयकतर्फ संकेत गर्दै प्रचण्डले भने ।
प्रचण्डले समयसापेक्ष ऐन, नियम र कानुन परिवर्तन नहुँदा समस्या आएको र राजतन्त्र र गणतन्त्र पक्षधरबीचको बहसले कानुन संशोधनमा समस्या देखिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: