काठमाडौं। नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटको सानदार जित निकालेको हो ।
जापानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४।२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो, जसमा नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाएका थिए ।
दोस्रो विकेटका लागि शिवान्स र प्रसिद्वले अविजित ८० रनको साझेदारी गरेका थिए भने जापानका लागि एकमात्र विकेट केइसी काबायाशी डोगेटले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा ८० रनको योगफल तयार पारेको थियो । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गाबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने अभय यादवले २ तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए।
अब नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ४ अंक जोडेको नेपाल समूह ए को शीर्ष स्थानमा छ भने पराजित जापानको समान खेलबाट दुई अंकमा सिमित रहेको छ । पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...
आषाढ़ ११ गते, २०८३ - १३:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...
आषाढ़ ११ गते, २०८३ - १२:५५
काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...
आषाढ़ ११ गते, २०८३ - १२:४२
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...
आषाढ़ ११ गते, २०८३ - १२:३२
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:२२
काठमाडौं । राष्ट्रिय सभाको आज दिउँसो १:१५ बजे बस्ने तय भएको बैठक अन्तिम समयमा सूचना प्रकाशित गरी स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको ...
आषाढ़ ११ गते, २०८३ - १२:०८
कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा ग्रिनेड विस्फोट हुँदा दुई सैनिक जवान गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय क...



प्रतिकृया लेख्नुहोस्: