पाल्पा। पाल्पाका विभिन्न राजनीतिक दलले विद्युत् अनियमितता बारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले विद्युत् अनियमितताबारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्लामा अघोषित लोडसेडिङ भएको र यसबाट समस्या परेको भन्दै ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले बताए। लिफटिङ खानेपानी, प्रशासनिक काम, व्यापारिक प्रयोजनमा गरिएका काम अवरुद्ध लगायत यहाँका उपभोक्ताले समस्या भोग्नुपरेका ज्ञापन पत्रमा उल्लेख छ । यस्तै अर्बौँ बक्यौता नतिरेका उद्योगीलाई पूर्ण समय विद्युत् उपलब्ध गराउने तर आम सर्वसाधारणका लागि विद्युत् काट्ने कुराले दुखित बनाएको ज्ञापन पत्रमा भनिएको छ । बिना सूचना नागरिकलाई विद्युत् सेवाबाट वञ्चित गर्ने कार्य तत्काल बन्द गर्ने माग रहेको अध्यक्ष विशाल दलार्मीले बताए।
नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्र अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहक सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, कार्यालयमा पुगेर जिल्लाको विद्युत् अनियमितता बारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल विद्युत् प्राधिकरण पाल्पा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: