Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ढुण्डीराज शास्त्री जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् ।

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलागयतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताए।

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन्,  ‘ढुंण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’
उहाँले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम  गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुंण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुंण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, र प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending