Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बैतडीको सुर्नयामा ठेउला सङ्क्रमण पुष्टि

खबरडबली संवाददाता

बैतडी। बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ । यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ ।

सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिए। ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उनले भने। यद्यपी, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगि प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैबिच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन  ९डब्लुएचओ० को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ । स्वास्थ्य शाखा प्रमुख महराका अनुसार डब्लुएचओको टोली बिहिबार बिहान सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षण गर्न जाँदैछ ।

यसअघि स्वास्थ्य कार्यालय बैतडीले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको टोली खटाइसकेको थियो । शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । ‘‘रोग थप फैलिन नदिन नियमित निगरानी, सचेतना र उपचारात्मक सेवा सँगसँगै सञ्चालन गरिरहेका छौँ,’’ उनले भने।

स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दालाई स्वच्छता तथा सरसफाइमा ध्यान दिन, सामूहिक जमघट नगर्न र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह गरेका छन् ।

स्थानीय प्रशासन तथा गाउँपालिकाको समन्वयमा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औषधीको व्यवस्था गरिएको गाउँपालिका प्रशासनले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

मैले कुनै हतारोमा राजीनामा दिएको होइन, अस्वीकार गर्ने विषय स्वीकार छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...

सभापति थापाले दिए रास्वपालाई शुभकामना, भने- सरकारको बढी ताकत हुँदा प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ

२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: