बैतडी। बैतडीको सुर्नया गाउँपालिका–७ र ८ मा ठेउला रोगको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा सङ्क्रमण देखिएको जनाएको छ । यो सङ्क्रमणबाट बालबालिका बढी प्रभावित भएकाले स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा विशेष सतर्कता अपनाइएको छ ।
सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सङ्क्रमितहरूको शरीरभरी बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको जानकारी दिए। ‘‘प्रभावित बिरामीलाई छुट्टै आइसोलेसनमा राख्न आग्रह गरिएको छ,’’ उनले भने। यद्यपी, स्वास्थ्यकर्मीहरूले घरदैलोमै पुगि प्रारम्भिक उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यसैबिच, उक्त क्षेत्रमा देखिएको रोग ठेउलाकै सङ्क्रमण हो कि भन्ने यकिन गर्न विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को टोली प्रभावित क्षेत्रमा पुग्न लागेको छ । स्वास्थ्य शाखा प्रमुख महराका अनुसार डब्लुएचओको टोली बिहिबार बिहान सुर्नया–७ र ८ मा स्थलगत अनुगमन तथा परीक्षण गर्न जाँदैछ ।
यसअघि स्वास्थ्य कार्यालय बैतडीले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको टोली खटाइसकेको थियो । शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले प्रभावित बस्तीमा निरन्तर स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । ‘‘रोग थप फैलिन नदिन नियमित निगरानी, सचेतना र उपचारात्मक सेवा सँगसँगै सञ्चालन गरिरहेका छौँ,’’ उनले भने।
स्वास्थ्यकर्मीहरूले स्थानीय बासिन्दालाई स्वच्छता तथा सरसफाइमा ध्यान दिन, सामूहिक जमघट नगर्न र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी दिन आग्रह गरेका छन् ।
स्थानीय प्रशासन तथा गाउँपालिकाको समन्वयमा सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा औषधीको व्यवस्था गरिएको गाउँपालिका प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: