Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : विजेता खेलाडीलाई पालिकाको सम्मान

खबरडबली संवाददाता

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व पालिकाका विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता खेलाडीलाई क्रमश: १० हजार, सात हजार पाँच सय, पाँच हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र, दोसल्लाले सम्मान गरिएको हो ।

नगरप्रमुख खडकबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, उपसचिव खगेन्द्रबहादुर सिंह, शिक्षा शाखाका अधिकृत उमेश राज रेग्मी र नगर प्रवक्ता घनश्याम ओझाले खेलाडीलाई सम्मान गरेको हो ।

खेलाडीको हौसला वृद्धि तथा उच्च मनोबल रहोस् भन्दै खेलाडीका लागि पालिकामै बोलाएर सम्मान गरिएको नगर प्रमुख रावतले बताए। आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विभिन्न विधामा कीर्तिमान राख्ने तथा पदक जित्ने खेलाडीहरूलाई उज्जल भविष्यको शुभकामना समेत दिएको छन् ।

युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा भएको प्रतियोगितामा गएको संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो भएको थियो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जितेको हो ।

सुदूरपश्चिम प्रदेश बाट खेल्ने विमला महरा भलिबलमा प्रथम,सङ्गीता विक दौडमा प्रथम, विवेक चौधरी सटफटमा प्रथम, विक्रम विष्ट दौड, विकास बुढा ट्रिप जम्पमा प्रथम, सुस्मिता चौधरी हाई जम्पमा प्रथम, पवित्रा चौधरी लङ जम्पमा द्वितीय, विक्रम वि।क दौड द्वितीय र उषा चौधरी रिले दौडमा तृतीय भएको थिए । उनीहरु सबै घोडाघोडी नगरपालिका भित्रका खेलाडी छन्। उल्लेखित खेलाडीहरुको प्रशिक्षक तेजबहादुर देउवा रहेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादमा

काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...

सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै

काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...

करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending