कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व पालिकाका विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता खेलाडीलाई क्रमश: १० हजार, सात हजार पाँच सय, पाँच हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र, दोसल्लाले सम्मान गरिएको हो ।
नगरप्रमुख खडकबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी, उपसचिव खगेन्द्रबहादुर सिंह, शिक्षा शाखाका अधिकृत उमेश राज रेग्मी र नगर प्रवक्ता घनश्याम ओझाले खेलाडीलाई सम्मान गरेको हो ।
खेलाडीको हौसला वृद्धि तथा उच्च मनोबल रहोस् भन्दै खेलाडीका लागि पालिकामै बोलाएर सम्मान गरिएको नगर प्रमुख रावतले बताए। आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विभिन्न विधामा कीर्तिमान राख्ने तथा पदक जित्ने खेलाडीहरूलाई उज्जल भविष्यको शुभकामना समेत दिएको छन् ।
युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा भएको प्रतियोगितामा गएको संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो भएको थियो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जितेको हो ।
सुदूरपश्चिम प्रदेश बाट खेल्ने विमला महरा भलिबलमा प्रथम,सङ्गीता विक दौडमा प्रथम, विवेक चौधरी सटफटमा प्रथम, विक्रम विष्ट दौड, विकास बुढा ट्रिप जम्पमा प्रथम, सुस्मिता चौधरी हाई जम्पमा प्रथम, पवित्रा चौधरी लङ जम्पमा द्वितीय, विक्रम वि।क दौड द्वितीय र उषा चौधरी रिले दौडमा तृतीय भएको थिए । उनीहरु सबै घोडाघोडी नगरपालिका भित्रका खेलाडी छन्। उल्लेखित खेलाडीहरुको प्रशिक्षक तेजबहादुर देउवा रहेको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: