रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको टिपणी गरेका छन् ।
गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर किसानलाई जिउँदै मारे सरह बनाएको टिप्पणी गरेका हुन्।
‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउ बिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिडा देखिरहेको छैन् । किसान मारा सरकारलाई किसानको आँशुले पोल्छ,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई मलखाद्य, बिउविजन उपलब्ध गराउँने जिम्मेवारी केन्द्रीय सरकारको हो तर किसानको बारेमा गफ मात्रै दिईरहेको छ, मलखाद्य उपलब्ध गराउँन सकेको छैन् ।’
किसानहरु अहिले मलखाद्य नपाएर छटपटाइरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग किसानलाई मल किन उपलब्ध नगराएको भन्दै प्रश्न समेत गरेका छन्।
किसानलाई मलखाद्य उपलब्ध गराउने केन्द्रीय सरकारले मल उपलब्ध गराउन नसकेको तर किसानले एकदुई बोरा मल भारतबाट ल्याउदा सीमामा बस्ने प्रहरीले पक्राउँ गरेर बाहुदरी देखाईरहेको टिप्पणी साहले गरेका छन्। जनताको समस्या, जनताको चाहना नबुझेको वर्तमान सरकार पूर्णरुपमा असफल भईसकेको उनले बताए ।
बिचौलियाले बनाएको गठबन्धन र वर्तमान सरकारका कारण बिचौलियाहरु नै खुसी देखिएको बताउदै उनले किसान, सर्वसधारणहरु निराश भएको बताए । बिचौलियाका लागि काम गरिरहेको यो सरकारलाई किसानलाई मलखाद्य उपलब्ध गराउने बारेमा सोच्ने फुर्सत समेत नभएको टिप्पणी उनले गरे ।
यस्तै, उनले लुटकारी दलतन्त्रका बिरुद्धमा न्यायप्रेमी जनता एवं दलहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्ता भएको बताए । बिचौलिया, भगौडावर्गको पक्षपोषण गरिरहेको यो सरकारले दलिय सिण्डीकेट लागु गरेर लुट मचाएको आरोप साहले लगाए । लुटकारी दलतन्त्रको बिरुद्धमा एकजुट भएर अगाडी नबढे मुलुक धरासायी बन्दै जाने उनले बताए ।
बैठकले संगठन निर्माण, बिस्तारका साथै किसानलाई मलखाद्य, बिउँबिजन उपलब्ध गराउँन संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आजपा रौतहट इन्चार्ज धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपा कार्यालय सदस्यहरू समिना हुसैन, त्रिभुवन साह, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - १८:०५
काठमाडौँ। जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानक...
माघ ५ गते, २०८२ - १५:४१
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले राजीनामा दिएका छन् । मेयर साहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । ...
माघ ५ गते, २०८२ - १४:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न प्रतिनिधि सभा निर्वाचन, निर्वाचन आचारसंहिता र अन्य समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाए...
माघ ५ गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा संलग्न दलहरूले उम्मेदवार चयनमा समयको चाप महसुस गरेपछि निर्वाचन आयोगले मनोनयनको मिति केही दिन सर्नसक्ने संकेत दिएको...
माघ ५ गते, २०८२ - १४:३६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल यसपटक फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। विगतमा इलाम–२ बाट...
माघ ५ गते, २०८२ - १३:१९
वाग्लुङ । गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित रमुवा गाउँको वकरा नामक रमणीय पोखरी लामो समयसम्म ओझेलमा परेको थियो। प्राकृतिक सुन्दरता, हरियाली र शान्त ...
माघ ५ गते, २०८२ - १३:१८
वाग्लुङ । पाण्डबखानीदेखि रमुवा जोड्ने नयाँ ट्र्याक स्तरोन्नति सडक आयोजनाको काम तीव्र रूपमा अघि बढिरहेको छ । हालसम्म आयोजनाअन्तर्गत सडक कटिङ कार्य करि...
माघ ५ गते, २०८२ - १३:११
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । बीमा भु...
माघ ५ गते, २०८२ - १३:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा धरान उपमहानगरपालिकाका मेयर बालेन शाहले बुझाउने तयारी गरेको राजीनामा अन्तिम समयमा ‘ह...
माघ ५ गते, २०८२ - १२:५९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र दाङ जिल्लाको क्षेत्र नम्बर १ पेचिलो बन्दै गएको छ । लगातार निर्वाचन जित्दै आएका मेटमणि चौधरी पुनः उम...




प्रतिकृया लेख्नुहोस्: