काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भ्रामक सामग्रीका सन्दर्भमा रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको विषयलाई धम्की भनेर प्रचार गरिनु दु:खद भएको बताएकी छन् ।
भ्रामक सामग्रीका सन्दर्भमा रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको विषयलाई धम्की भनेर प्रचार गरिएकोमा आश्चर्य व्यक्त गर्दै राणाले यस्तो आग्रह गरेकी हुन् ।
मन्त्री राणाले प्रेस नोट जारी गर्दै व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवारी हुनुपर्ने आफ्नो धारणालाई तोडमोड गरिएको भन्दै मिडिया पीडित मैत्री हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु ।
हाम्रो परिवारलाई बदनाम गराउने दूषित मनसाय सहित सामाजिक सञ्जालमा आएको एक तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरूपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।
उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।
उक्त भ्रामक भिडियो पोष्ट गर्ने विरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो । यसै विषयमा मैले उहाँलाई जानकारी गराएको थिएँ ।
बरु मैले म आफू नियमित पाठक रहेको न्युयोर्क टाइम्सजस्तो मिडियाको सहयात्री प्रकाशनले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशन गर्नुभन्दा सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएकी हुँ। तर हामीबीच भएको फोन संवादलाई तोडमोड गरेर उहाँले आफूलाई धम्की आएको भनेर आफ्नै पत्रिकामा समाचार प्रकाशन गरेको देख्दा मलाई अचम्म लागेको छ ।
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन मिल्दैन। म सोही पार्टीको एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ ।
तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो । लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने मेरो धारणा हो । स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने मेरो बुझाई हो। यसैका आधारमा राखिएका कतिपय धारणाहरुलाई प्रेसले धम्कीपूर्ण भाषाका रूपमा बुझ्नु दु:खद हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - १३:२९
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...
चैत्र २७ गते, २०८२ - १३:१०
इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...
चैत्र २७ गते, २०८२ - १३:०२
न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...
चैत्र २७ गते, २०८२ - १२:४७
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...
चैत्र २७ गते, २०८२ - १२:१०
इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...
चैत्र २७ गते, २०८२ - १२:००
काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल लाई मन्त्रालयमा तानेको छ। औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि उनीमाथ...
चैत्र २७ गते, २०८२ - ११:५४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले व्यापारव्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धा...
चैत्र २७ गते, २०८२ - ११:४५
काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी तोलामा रु ८५ ले घटेको छ...
चैत्र २७ गते, २०८२ - ११:०९
काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजी को उपचारका क्रममा निधन भएको छ। अप्रिलको सुरुमा आक्रमणमा परी गम्भीर घाइते भएका खराजीको अस्पतालमा उपचार भ...
चैत्र २७ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने जनाइएको छ।...


प्रतिकृया लेख्नुहोस्: