Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कर्मचारीको बयान लिदा मन्त्रीले राजीनामा दिँदै जाने हो भने कस्तो नजिर बस्ला: ईश्वर पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएको छन् ।

राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रिकीकरणको बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे।  

पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उहाँले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टिकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, “हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको हो, विगतमा उनकै विचारबाट निर्देशित भइ अगाडि बढ्ने सिलसिलामा पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यास चलेको हो ।”

सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको उनको भनाइ छ । पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उनले यसबीचमा एमालेबाटै विभाजित भएर समाजवादीमा गएका साथीहरु फर्कन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको बताए। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो । आउने महाधिवेशनले के निर्णय गर्छ । अनि मात्र स्थापित र निर्णित विषयलाई पनि लिएर जान सकिन्छ । महाधिवेशनले गरेका ‘लेजिटिमेसी’को विषयको आगामी महाधिवशेन नआइ उठाउन सान्दर्भिक हुन्न, यो हामी सबैले बुझेकै विषय हो ।”

कांग्रेस–एमालेबीचको सहकार्य
नेपालको राजनीतिका महत्वपूर्ण मोडमा उद्धार प्रजातान्त्रिक पक्षधर नेपाली कांग्रेस र श्रमजीवी वर्गको विचार बोक्ने एमालेका बीचमा सहकार्य हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ सालमा प्रजातन्त्र ल्याउन, २०१७ सालको प्रजातन्त्र विरोधी अभियानको प्रतिकार गर्न, २०३६ को जनमत सङ्ग्रह गराउन, २०४६ को जनआन्दोलनलाई निर्णयमा पुर्‍याउन, विसं २०६२र६३ को प्रतिगमनविरुद्धको आन्दोलनलाई निष्कर्ष पुर्‍याउन र संविधानसभाबाट संविधान जारी गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहकार्य भएको स्पष्ट गरे ।

उननीतिक पार्टीबीच समझदारी हुने गरेको भएपनि एमाले र कांग्रेस एक–अर्काबीच प्रतिस्पर्धी शक्ति हुन् भन्ने पक्ष बुझन जरुरी छ भने । अहिले बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न र  मुुलुकको अर्थतन्त्र सुधार गर्न प्रमुख शक्तिबीच सहकार्य गरिएको स्पष्ट गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “विसं २०४७ सम्म र पछि नयाँ संविधान जारी नभएसम्मको परिस्थितिलाई हामीले बुझ्न आवश्यक छ । २०७२ साल पछिका कालखण्डको तस्बिर हेर्दा थाहा हुन्छ । यसबीचमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, प्रतिव्यक्ति आम्दानी, गरिबीको रेखामुनि रहेका जनताको प्रतिशतमा आएको सुधारलाई लिन सकिन्छ, होला अपेक्षा गरिएअनुसारका काम नभएपनि पछिल्ला दिनमा देशमा उल्लेखनीय काम भएका छन्, जिम्मेवार सबै पक्षको समन्वय र सहकार्यमा मुलुकको विकास र समृद्धिलाई अझ गति दिन आवश्यक छ ।

संसद्को गतिरोध
यसैगरी वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संसद्मा भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा कुनै आग्रह–पूर्वाग्रह वा उत्तेजनामा आउनुपर्ने विषय छैन । अहिले कतिवटा मन्त्रालयका कर्मचारीलाई अनुसन्धान गर्न बयानका लागि बोलाइएको होला ? कम्तीमा १४/१५ वटा मन्त्रालयका कर्मचारीमाथि भइरहेको अनुसन्धानबाट थाहा हुन्छ । अनि कुनै कर्मचारीलाई  बोलाइयो र बयान लिइयो भन्दैमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने कस्तो नजिर बस्ला । यो उचित होइन, यदि मन्त्रीका बारेमा बोलिएको र दशी प्रमाण भेटिएको भए एउटा कुरा हुन्थ्यो । हामीले राजनीतिका लागि राजनीति गर्न हुँदैन । हामीले कस्तो नजिर कायम गर्ने भन्ने पाटोबाट पनि हेरिनुपर्छ ।”

वाम एकताको प्रश्न
यसैगरी बामपन्थी एकता र तालमेलकका सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “वामपन्थी तालमेलभन्दा पनि ‘कामपन्थी’ तालमेल हुनुभएन । नाम वामपन्थी भन्ने कर्म भने अर्कै गर्ने १ अनि हामीले भन्दिनुपर्ने वामपन्थी एकता । कामका आधारमा कुरा मिल्नेसँग एकताबद्ध हुँदै जानुपर्छ । अहिले खासमा बामपन्थी र बाममोर्चा भनेर खाली कुराका लागि कुरा गर्ने मात्र काम भएको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending