बारा । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन्।
प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए।
प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो। टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन्।
विद्युतीकरणपछि पहिलोपल्ट जेठ २७ गते मङ्गलबार टाँगियाबस्तीमा पुगेका निवर्तमान कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा वत्ति बाल्दा एउटा सरकारी निकायले अन्य सरकारी निकायसँग युद्ध जितेजस्तो अनुभव रहेको स्मरण गरे।
प्राधिकरण त्यतिवेला टाँगियाबस्तीमा वत्ति बाल्नुपर्छ भन्ने पक्षमा रहेको तर पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयहरु प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकायबीच नै द्धन्द्ध रहेको उनले उल्लेख गरे।
उने भने, ‘उज्यालो नेपालअन्तर्गत हरेक नेपालीको घरमा विद्युत् पुर्याउने अभियानमा थियौं, तर पूर्वपश्चिम राजमार्गबाट करिब ५(६ किलोमिटर दूरीमा रहेको टाँगियाबस्तीमा वत्ति छैनभन्दा नरमाइलो लाग्यो, मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणका लागि टेण्डर गरिएको थियो, यसैबीचमा मेरो कार्यकाल सकियो सरकारी निकाय अवरोध कारण उक्त टेण्डर रद्ध गरिएछ, त्यसपछि मेरो दोस्रो कार्यकालमा यस्तो प्रचण्ड गर्मी हुन ठाउँमा माननीय हिसाबले पनि वत्ति दिनुपर्छ, शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइएन्छ भने आफ्नै देशका नागरिकलाई सुविधाबाट बञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौं।’
टेण्डर लगाएपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको तर आवश्यक समन्वय गरी वत्ति बालिएको अनुभव घिसिङले सुनाए। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो। त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको थियो।
प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको थियो। रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर(इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - ०८:३७
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको चाबी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हातमा पुगेको छ। एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व ...
श्रावण १४ गते, २०८३ - ०८:३१
काठमाडौं । जनकपुर क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान अघि बढेको छ। सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्स...
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...



प्रतिकृया लेख्नुहोस्: