काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर नियन्त्रणमा लिएका चार जना व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।
टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक रहेको तर उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक नगरेको बताइएको छ।
ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाका अनुसार ती चार जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो।
‘चार जना नियन्त्रणमा छन् । भारतीय नागरिक भन्ने बुझिएको छ । कार्यालयमा ल्याइनसकेकाले थप विवरण बताउन सक्ने अवस्था छैन’ एसएसपी कोइरालाले भने ।
प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो । त्यसपछि गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
नियन्त्रणमा लिने क्रममा उनीहरुको आक्रमणबाट दुई प्रहरी रवीन्द्र केसी र नवराज घिसिङ पनि घाइते भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १४:५३
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...
आषाढ़ १६ गते, २०८३ - १४:३१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...
आषाढ़ १६ गते, २०८३ - १४:१३
विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...
आषाढ़ १६ गते, २०८३ - १३:४८
काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रभावकारी माध्यमका रूपमा...
आषाढ़ १६ गते, २०८३ - १२:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...
आषाढ़ १६ गते, २०८३ - १२:०१
पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...
आषाढ़ १६ गते, २०८३ - ११:३५
काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिका...
आषाढ़ १६ गते, २०८३ - ११:०४
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...
आषाढ़ १६ गते, २०८३ - १०:५६
काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...
आषाढ़ १६ गते, २०८३ - १०:४६
झापा। जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...



प्रतिकृया लेख्नुहोस्: