नवलपुर। बढी भार बोक्ने ठुला गाडीका कारण धमाधम पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरका पुल भाचिन थालेपछि प्रहरीले २४ घण्टा गस्ती गर्न थालेको छ ।
मर्मत गरी सञ्चालनमा आएको चोरमारास्थित गिरुवारी खोलाको पुलबाट बढी भार बोकेका गाडी चल्न रोक लगाउन २४ घण्टा प्रहरीले ड्युटी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए।
प्रहरीले यो पुलबाट ४० टनभन्दा बढी भार बोकेका गाडी चलाउन प्रतिबन्ध लगाएको छ । निर्धारित तौलभन्दा बढी भार बोकेका गाडीलाई नियन्त्रणमा लिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराका अनुसार ४० टनभन्दा बढी भार बोकेका ११ वटा गाडीलाई दुम्कीवासमा होल्ड गरेर राखिएको छ । दुम्किवासबाट पास भएर आएका ९ वटा गाडीलाई कारबाही गरिएको छ भने दुई वटा गाडीको भार मिलान गरेर गन्तव्यतर्फ लागेका छन् ।
यीमध्ये दुई वटा मात्र नेपाली गाडी हुन् भने बाँकी सबै भारतीय नम्बर प्लेटका गाडी हुन् । बढी भार बोकेर आएका गाडीहरूलाई अर्को गाडीमा भार मिलाएर मात्र गन्तव्यमा जान दिइएको प्रहरी निरीक्षक बन्जराले बताए।
गाडीको क्षमता ४० टनमन्दा माथि बोक्न सक्ने भए पनि निक्कै पुराना र जोखिमपूर्ण पुलका कारण सडक विभागको निर्देशनमा यस्तो गर्नु परेको प्रहरी प्रमुख ढकालले बताए।
भार नियमन गर्ने उपकरण भने प्रहरीसँग छैन । गाडीहरूले बोकेको बिल, भन्सार विभागले निर्धारण गरेको तौल र बेल्डहियामा रहेको धर्मकाँटाले लिएको तौलका आधारमा भार एकिन गर्ने गरिएको ढकालको भनाइ छ।
नवलपुरमा होङ्सी र सिजी सिमेन्टबाट आउने ठुला गाडीमा भारको समस्या हुने गरेको प्रहरीको भनाइ छ । बढी भार बोकेका गाडीहरुका कारण दुम्कीवासको विनयी खोलार चोरमाराको गिरुवारी खोलाको पुल भाँचिएपछि प्रहरीले कडाइ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १७:३४
काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...
माघ १३ गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...
माघ १३ गते, २०८२ - १७:०५
काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...
माघ १३ गते, २०८२ - १७:००
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद...
माघ १३ गते, २०८२ - १६:५१
काठमाडौँ। इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...
माघ १३ गते, २०८२ - १६:४४
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...
माघ १३ गते, २०८२ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...
माघ १३ गते, २०८२ - १६:१३
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
माघ १३ गते, २०८२ - १५:४२
काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...
माघ १३ गते, २०८२ - १५:३१
काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...




प्रतिकृया लेख्नुहोस्: