काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोइरीविरुद्ध पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।कोइरी सार्वजनिक सेवामा रहेको अवधिमा ३ करोड ३७ लाख ७९ हजार ४३४ रुपैयाँ बराबरको वैध स्रोत खुलेको र यो अवधिमा भएको लगानी र आयव्ययको हिसाब ७ करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ बराबरको देखिएकाले स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्दै आएका कोइरी २०४६ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि ३० फागुन २०७८ सम्मको अवधिमा कोइरीको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । यस क्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायतमा भएको आर्थिक कारोबार, जग्गाजमिन, इन्स्योरेन्स, शैक्षिक संस्थामा गरेको लगानीलगायतको स्रोत खुलेको सम्पत्तिको तुलनामा बिगो कायम गरिएको सम्पत्ति बढी देखिएको अनुसन्धानबाट खुलेको हो । यही स्रोत नखुलेको सम्पत्तिलाई नै अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्तिका रुपमा किटान गरी मुद्दा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाइएको चलअचल सम्पत्तिसमेत जफत गर्न मागदाबी लिएको छ ।
गैरकानुनी सम्पत्ति कोइरीले विभिन्न क्षेत्रमा लगानी गरी लुकाएको, गैरकानुनी सम्पत्ति परिवारका सदस्यका नाममा लुकाएको भेटिएपछि पत्नी मालाकुमारी महतोलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: