काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दस वर्षदेखि बसोबास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुुकुम्बासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनामा आवाद/कमोद गरेर बसोबास गरिरहेको हुनु पर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
नेपाल सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - २०:२८
काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनको भाडा बढाउने तयारी गरिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा न...
चैत्र २७ गते, २०८२ - २०:१९
इनरुवा। सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्...
चैत्र २७ गते, २०८२ - १७:२३
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविश...
चैत्र २७ गते, २०८२ - १७:२०
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ । शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा पोखरा–१८, सेदी निवासी ४...
चैत्र २७ गते, २०८२ - १७:१२
काठमाडौँ। सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा कुनै पनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्ट पारेको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत...
चैत्र २७ गते, २०८२ - १७:०५
काठमाडौँ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
चैत्र २७ गते, २०८२ - १६:५७
काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उप...
चैत्र २७ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। श...
चैत्र २७ गते, २०८२ - १६:३६
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद ज्ञापन गरेको छ। शुक्रबार संयुक्त सदनमा राष...
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...


प्रतिकृया लेख्नुहोस्: