बुटवल। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा दर्ता नगरी सञ्चालनमा रहेका आठ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरेको छ ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बुटवलमा गरिएको अनुगमनका क्रममा दर्ता नगरी बर्सौंदेखि सञ्चालन गरिएका ल्याब र मेडिकल क्लिनिक बन्द गरिएको हो । जिल्ला अनुगमन समितिले बिहीबार दिउँसो बुटवलका मेडिकल क्लिनिक र ल्याबमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ११ मध्ये पाँच वटा क्लिनिक र तीन वटा ल्याब दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको अनुगमन समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बर्सौंदेखि बुटवलको अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिक बन्द गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मानिसको स्वास्थ्यसँग खेलबाड गरी बर्सौंदेखि दर्ताबिनै सञ्चालन गरिएका क्लिनिक र ल्याब बन्द गरिएको बताए। शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी बिक्रीका लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामी जाँच गर्ने क्लिनिकसमेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको हो ।
त्यस्तै रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याबसमेत सञ्चालन गरेकाले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ भने चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ । चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याबसमेत सञ्चालन गर्दै आएको थियो । यसै गरी मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ । करिश्मा पोलिक्लिनक र राजधानी फार्मेसीले सञ्चालन अनुमति लिए पनि व्यवस्थित नभएकाले दुवैलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...



प्रतिकृया लेख्नुहोस्: