Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

दर्ता नगरी सञ्चालित क्लिनिक बन्द

खबरडबली संवाददाता

बुटवल। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा दर्ता नगरी सञ्चालनमा रहेका आठ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरेको छ ।

रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा बुटवलमा गरिएको अनुगमनका क्रममा दर्ता नगरी बर्सौंदेखि सञ्चालन गरिएका ल्याब र मेडिकल क्लिनिक बन्द गरिएको हो । जिल्ला अनुगमन समितिले बिहीबार दिउँसो बुटवलका मेडिकल क्लिनिक र ल्याबमा अनुगमन गरेको थियो । अनुगमन गरिएका ११ मध्ये पाँच वटा क्लिनिक र तीन वटा ल्याब दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको अनुगमन समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बर्सौंदेखि बुटवलको अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिक बन्द गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मानिसको स्वास्थ्यसँग खेलबाड गरी बर्सौंदेखि दर्ताबिनै सञ्चालन गरिएका क्लिनिक र ल्याब बन्द गरिएको बताए। शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी बिक्रीका लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामी जाँच गर्ने क्लिनिकसमेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको हो । 

त्यस्तै रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याबसमेत सञ्चालन गरेकाले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ भने चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ । चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याबसमेत सञ्चालन गर्दै आएको थियो । यसै गरी मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ । करिश्मा पोलिक्लिनक र राजधानी फार्मेसीले सञ्चालन अनुमति लिए पनि व्यवस्थित नभएकाले दुवैलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।

  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending