Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको छ : परराष्ट्रमन्त्री

खबरडबली संवाददाता

कैलाली। परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताएको छिन् । 

राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले राहदानी प्राप्त गर्नु नागरिकको अधिकार भएको बताउदै यसमा कुनै प्रकारको अवरोध हुन नहुने धारणा औंल्याइन्।

परराष्ट्रमन्त्री राणाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई समस्या भएको बताउदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताइन् ।

उनले भने, “पहिला राहदानी बनाउन धेरै गाह्रो थियो । अहिले भने अनलाइनबाटै ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ, प्रविधिको प्रयोग गरेर यो प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सोचिरहेका छौँ ।”

परराष्ट्रमन्त्री राणाले राहदानी वितरण प्रक्रियामा अझै पनि  केही समस्या रहेकोे स्वीकार गर्दै एक जिल्लाबाट बनाएको राहदानी अर्को जिल्लामा पठाउने, पुन: त्यहाँबाट ल्याउन जानुपर्ने जस्ता समस्या  रहेका छन् सुधारको प्रयास जारी रहेको  उनको भनाइ छ ।

उनले भनिन्, “राहदानी वितरण प्रक्रियामा दखिएका समस्या समाधान गर्न आवश्यक नीति तथा प्रविधिक व्यवस्था गर्न छलफल भइरहेको छ । तपाईंहरूले गर्ने प्रविधिक कामले नै सुधार ल्याउने छ भन्ने विश्वास छ ।” 

विगतको जस्तो रहदानी बनाउन नागरिकले अब धेरै समस्या खेप्नु नपर्ने मन्त्री राणाको दाबी छ ।  लगानी तथा विकास सम्मेलनमा सहभागी हुन सोमबार धनगढी आउनुभएकी परराष्ट्रमन्त्री राणा शनिबार काठमाडौँ फर्किएको छिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending