Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. कडरियाले गरे उम्मेदवारी दिने तयारी

खबरडबली संवाददाता

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा। सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्।

२५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्।

आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ(गाउँमा पुगेर उपचार सेवा दिएको लगायत योगदानका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए।

आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन्।

२०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडौं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए।

यसैगरी, डा। कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन्। उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ।

उनले २०७२ को महाभूकम्पको समयमा सिन्धुपाल्चोकमा स्वयंसेवक भएर काम गरेका थिए। यसैगरी कोरोना महामारीको समयमा पनि धुलिखेल अस्पतालमा अहोरात्र खटिएका थिए।

कोरोना महामारीकै बेला उनले रामेछापमा पुगेर दुई हजार सात सय बिरामीको उपचारसमेत गरेका थिए। जाजरकोटमा भूकम्प गएको बेला पनि उनी एक महिनासम्म उपचार र उद्धारमा खटिएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending