Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले बेच्यो बिस करोडको किताब

खबरडबली संवाददाता

चितवन। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ २२ गतेसम्म २० करोड १४ लाख ३७ हजार ९४ रुपियाँको किताब बिक्री गरेको छ । कार्यालयका प्रमुख धनबहादुर केसीले गत वर्षभन्दा अहिले छिटो पाठ्यपुस्तक आएकाले बिक्री धेरै भएको जानकारी दिए। प्रमुख केसीले भने, “चैतबाट नै पुस्तक जिल्ला जिल्लामा बिक्री गरेका थियौँ । गोदाममा थोरै मात्र पुस्तक रहेको छ । त्यो पनि असार मसान्तसम्म बिक्री हुन्छ ।”

जनक शिक्षामा सूचीकृत भएको व्यवसायीले पाठ्यपुस्तक लैजाने गरेका छन् । प्रमुख केसीले भन्नुभयो, “शैक्षिक सत्र सुरु नहुँदै सबै विद्यार्थीको हात हातमा पुस्तक पुगेको थियो ।” जनक शिक्षा भरतपुरले गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री गरेको थियो । त्यसबाट १८ करोड २० लाख ५५ हजार २२३ रुपियाँ रकम जम्मा भएको थियो । यो वर्ष अधिकतम बिक्री गर्ने कार्यालयले तयारी गरेको  छ । 

चालु आवमा १४ लाख ८५ हजार ८१८ थान पुस्तक आएको छ । यीमध्ये गत चैत १७ देखि २०८२ जेठ २२ गतेसम्म १४ लाख ४३ हजार ७२६ थान बिक्री गरेको छ । यसबाट १९ करोड ६७ लाख ५७ हजार १४१ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक केदारराज विष्टले जानकारी दिनुभयो । कार्यालयमा आएका सबै पुस्तक बिक्री भएमा ३१ करोड १५ लाख ५० हजार ९८७ रुपियाँ राजस्व सङ्कलन हुने कार्यालयले जानकारी दिएको छ । शैक्षिक सत्र सुरु नहुँदै पुस्तक बजारमा पठाउन थालेकाले गत वर्षभन्दा अहिले धेरै बिक्री हुने अपेक्षा गरिएको छ । कार्यालयले किताब, कापी बिक्री गर्दै आएको छ । निजी कम्पनीले भन्दा सस्तोमा किताब र कापी बिव्रmी गरेको छ । 

गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेको थियो । यो वर्ष कक्षा ३ देखि नै जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक बिक्री गरेको छ । भरतपुरको प्रादेशिक कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनसँगै पूर्वी नवलपरासी र तनहुँको पूर्वी क्षेत्रमा समेत पाठ्यपुस्तक बिक्रीवितरण गर्दै आएको छ । चितवनमा दुई करोड बराबरको पुस्तक बिक्री हुँदै आएको छ । जनक शिक्षासँग सूचीकृत भएका व्यवसायी सबैभन्दा बढी चितवनमा छन् । चितवनमा हालसम्म एक सय व्यवसायीले पसल सूचीकृत गरेका छन् । सूचीकृत भएका पसलले मात्र पाठ्यपुस्तक बिक्री गर्न पाउँछन् । स्थानीय तहले विद्यालयको खातामा पैसा हाल्छन् र विद्यालयले नै विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक खरिद गर्छन् ।

प्रमुख केसीले भन्नुभयो, “सहज रूपमा पाठ्यपुस्तक बिक्री भइरहेका  छन्, पुस्तकको मूल्य पनि बढेको छैन । कक्षा ३ को पूरा किताबको सेट किन्दा ५८० रुपियाँ पर्छ भने कक्षा १० को पाँच थान पुस्तक किन्दा ९२४ रुपियाँ पर्छ । गत वर्षकै मूल्यमा जनक शिक्षाले किताब बिक्री गरिरहेको छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending