चितवन। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ २२ गतेसम्म २० करोड १४ लाख ३७ हजार ९४ रुपियाँको किताब बिक्री गरेको छ । कार्यालयका प्रमुख धनबहादुर केसीले गत वर्षभन्दा अहिले छिटो पाठ्यपुस्तक आएकाले बिक्री धेरै भएको जानकारी दिए। प्रमुख केसीले भने, “चैतबाट नै पुस्तक जिल्ला जिल्लामा बिक्री गरेका थियौँ । गोदाममा थोरै मात्र पुस्तक रहेको छ । त्यो पनि असार मसान्तसम्म बिक्री हुन्छ ।”
जनक शिक्षामा सूचीकृत भएको व्यवसायीले पाठ्यपुस्तक लैजाने गरेका छन् । प्रमुख केसीले भन्नुभयो, “शैक्षिक सत्र सुरु नहुँदै सबै विद्यार्थीको हात हातमा पुस्तक पुगेको थियो ।” जनक शिक्षा भरतपुरले गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री गरेको थियो । त्यसबाट १८ करोड २० लाख ५५ हजार २२३ रुपियाँ रकम जम्मा भएको थियो । यो वर्ष अधिकतम बिक्री गर्ने कार्यालयले तयारी गरेको छ ।
चालु आवमा १४ लाख ८५ हजार ८१८ थान पुस्तक आएको छ । यीमध्ये गत चैत १७ देखि २०८२ जेठ २२ गतेसम्म १४ लाख ४३ हजार ७२६ थान बिक्री गरेको छ । यसबाट १९ करोड ६७ लाख ५७ हजार १४१ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक केदारराज विष्टले जानकारी दिनुभयो । कार्यालयमा आएका सबै पुस्तक बिक्री भएमा ३१ करोड १५ लाख ५० हजार ९८७ रुपियाँ राजस्व सङ्कलन हुने कार्यालयले जानकारी दिएको छ । शैक्षिक सत्र सुरु नहुँदै पुस्तक बजारमा पठाउन थालेकाले गत वर्षभन्दा अहिले धेरै बिक्री हुने अपेक्षा गरिएको छ । कार्यालयले किताब, कापी बिक्री गर्दै आएको छ । निजी कम्पनीले भन्दा सस्तोमा किताब र कापी बिव्रmी गरेको छ ।
गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेको थियो । यो वर्ष कक्षा ३ देखि नै जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक बिक्री गरेको छ । भरतपुरको प्रादेशिक कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवनसँगै पूर्वी नवलपरासी र तनहुँको पूर्वी क्षेत्रमा समेत पाठ्यपुस्तक बिक्रीवितरण गर्दै आएको छ । चितवनमा दुई करोड बराबरको पुस्तक बिक्री हुँदै आएको छ । जनक शिक्षासँग सूचीकृत भएका व्यवसायी सबैभन्दा बढी चितवनमा छन् । चितवनमा हालसम्म एक सय व्यवसायीले पसल सूचीकृत गरेका छन् । सूचीकृत भएका पसलले मात्र पाठ्यपुस्तक बिक्री गर्न पाउँछन् । स्थानीय तहले विद्यालयको खातामा पैसा हाल्छन् र विद्यालयले नै विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक खरिद गर्छन् ।
प्रमुख केसीले भन्नुभयो, “सहज रूपमा पाठ्यपुस्तक बिक्री भइरहेका छन्, पुस्तकको मूल्य पनि बढेको छैन । कक्षा ३ को पूरा किताबको सेट किन्दा ५८० रुपियाँ पर्छ भने कक्षा १० को पाँच थान पुस्तक किन्दा ९२४ रुपियाँ पर्छ । गत वर्षकै मूल्यमा जनक शिक्षाले किताब बिक्री गरिरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...



प्रतिकृया लेख्नुहोस्: