Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

नेपाली महिला फुटबलको प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

खबरडबली संवाददाता

काठमाडौँ । नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएको छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षकको आवेदन दिएका विभिन्न देशका २२ जना प्रशिक्षकको सूचीबाट अन्तिममा दुई हुँदै प्याट्रिकलाई नियुक्त गरेको हो ।

प्याट्रिकलाई बिहीबार एन्फाका महासचिव किरण राईले नियुक्ती पत्र प्रदान गरे । प्याट्रिकसँग एन्फाले एक वर्षको सम्झौता गरेको छ । 

प्याट्रिक यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स फुटबल क्लबको प्रशिक्षक थिए । युइएफएबाट प्रो लाइसेन्स प्राप्त प्याट्रिकले प्रमुख प्रशिक्षकको रूपमा राष्ट्रिय टोली सम्हाल्न लागेको भने यो पहिलो पटक हो ।

यसअघि उनले अल्जेरिया र हङ्गेरीको फुटबल टोलीको सहायक प्रशिक्षक सम्हालेको थिए । उनले चीनको यु-२३ महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको मूमिका पनि निर्वाह गरिसकेको छन् ।

उनीसँग विभिन्न क्लब सम्हालेको पनि अनुभव छ । प्याट्रिकको प्रशिक्षणमा नेपालले अब एएफसी महिला एसिया कप छनोट खेल्ने छ ।

छनोटको तयारीका लागि नेपालले हालै थाइल्यान्डसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल दुवै खेलमा पराजित भएको थियो । एसिया कप छनोटको पहिलो चरणका खेलहरू मे ४ तारिखबाट सुरु हुने छ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाका जनप्रतिनिधि प्रशासनको भुमिकाविरुद्ध आन्दोलित

मकवानपुरगढी। आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  करिब एक...

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता (तस्विरहरु)

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ । एमाले प्रचार विभाग ...

अध्यक्ष ओली पनि पुगे च्यासल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी...

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, सम्मेलनमा पारसको दमदार प्रस्तुती

काठमाडौँ। नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क...

मुग्लिनको इच्छाकामनामा कारमाथि ढुंगा खस्यो, तीन घाइते

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना-५ स्थित तुइनखोलामा माथिबाट ढुङ्गा खस्दा तीनजना घाइते भएका छन्। आइतबार दिउँसो ढुङ्गा खस्दा भारत...

च्यासल पुगिन् विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । दुईजनाबीच ३ बजे भे...

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७...

मोहन वैद्यको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगे प्रचण्ड

काठमाडौं। आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैद्यको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् । प्रचण्ड...

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौं। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिसभाबाट प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending