लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानीखेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मस्र्याङ्दी गाउँपालिकामा ३०० रोपनी गरी उक्त क्षेत्रफलमा खुर्सानीखेती गरेको हो।
गाउँपालिकाको प्राविधिक सहयोग र अनुदानमा दुई पालिकाका किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानीखेतीका लागि रु ३० लाख बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानीखेतीका लागि विनियोजित बजेटबाट खुर्सानीखेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। उनका अनुसार व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ ।
गाउँपालिकाका अनुसार यसअघि गत वर्ष दोर्दी गाउँपालिका–४ बाँसबोट, कामचोक र साँधिखोला गाउँमा किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका थिए । परम्परागत रुपमा कोदोखेती गर्दैआएको जमिनमा खुर्सानीखेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलको भनाइ छ । गत वर्ष पनि अकबरे खुर्सानीखेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानीखेती गरेको छ । परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानीखेती सुरु गरी राम्रो आम्दानी गर्न थालेपछि दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । गत वर्ष उक्त समूहले रु २० लाख बढी आम्दानी गरेको बताइएको छ ।
यस वर्ष लगाइएको खुर्सानी ४०० देखि ५०० मेकिट्र टन उत्पादन हुने र करिब रु पाँच करोड आम्दानी गर्ने अनुमान रहेको कृषि शाखा प्रमुख पौडेलले बताए। उनले भने, “कम लागतमा धेरै आम्दानी गर्न गर्न सकिने बाली खुर्सानी रहेको र यसको बजारको माग पनि राम्रो रहेको छ ।
त्यस्तै, मस्र्याङ्दी गाउँपालिकाको नौ वटै वडामा गरेर ३०० रोपनी क्षेत्रफलमा अकबरेको व्यावसायिक खेती गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो”, उनले भने, “अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौँ । अकबरे खेतीका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो ।
यसमध्ये रु १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिकामार्फत एक्यापले रकम उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँपालिकाले बिरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाले जनाएको छ । यहाँका किसानले कम्तीमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् ।
किसानले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा उत्पादन कम हुँदा हालसम्म बाहिरी जिल्ला र भारतबाट ल्याएको खुर्सानी स्थानीयले खरिद गरेर प्रयोग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...



प्रतिकृया लेख्नुहोस्: